उम्मेदवारहरूबीचको सहमतिका आधारमा आज सोमबार मात्र सभापति पदको मतगणना गर्ने


लेखक : सुन्दराञ्चल      फाल्गुन १६, २०७८ मा प्रकाशित     
उम्मेदवारहरूबीचको सहमतिका आधारमा आज सोमबार मात्र सभापति पदको मतगणना गर्ने

धनगढी १६ फागुन, । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २४८६ मत खसेको छ ।

धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

राति अबेर भइसकेकाले उम्मेदवारहरूबीचको सहमतिका आधारमा सोमबार मात्र सभापति पदको मतगणना गर्ने तय भएको छ ।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सोमबार बिहान १० बजेपछि पार्टी कार्यालयमा सभापति पदको मतगणना  सुरु गरिने  जानकारी दिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap