उमेर नपुगी विवाह गर्नेको संख्या दिनप्रतिदिन बढ्दै बाजुरा..?


लेखक : सुन्दराञ्चल      माघ २४, २०७८ मा प्रकाशित     
उमेर नपुगी विवाह गर्नेको संख्या दिनप्रतिदिन बढ्दै बाजुरा..?

बाजुरा माघ २४  तुलसा रोकाया र हेमराज उपाध्याय, उमेर नपुगी विवाह गर्नु कानुनी रुपमा रोक लगाइएको छ । उमेर नपुगी विवहा गर्दा आमामा पर्ने नकारात्मक असर पर्ने भएकाले सरकारले २०वर्ष मुनीका किशोर किशोरीलाई रोक लगाएको छ ।
सानै उमेरमा विवाह गर्दा पारिवारिक रुपमा झमेला र उनीहरुको परिपक्व उमेर नहुने हुँदा यसलाई कानुनले अपराधका रुपमा लिएको छ ।
परिपक्व उमेर नभएका किशोर र किशोरीले विवाह गर्दा शारिरिक रुपमा समस्इा आउने र उनीहरुबाट जन्मेको बच्चा समेत ख्याउटे पुट्कोपन हुने र विवाह गर्ने जोडीको समेत पढाईमा बाधा हुने भएकाले बाल विवाह सामाजिक कुसंस्कार हो ।
जिल्लामा भने बाल विवाहको गर्ने क्रम रोकिएको छैन । यहाँस्थित सरकारी तथा गैर सरकारी संस्थाहरुले बाल विवाह न्युनिकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका भएपनि समाजमा भने बाल विवाह गर्ने क्रम घटेको छैन ।
उमेर नपुगी विवाह गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइएको छ । जिल्लाका ९ वटै पालिकामा बाल विवाह दैनिक रुपमा हुने गरेका छन् ।

कतिपय किशोर किशोरी नै बाल क्लवमा आवद्ध भएका र अभियानमा समेत सक्रिय सहभागिता जनाउदै आएका भएपनि उनीहरुले नै बाल विवाह गर्ने गरेको पाइएको छ ।
यहाँका पाँच गाउँपालिका र चार नगरपालिकाका ६९ वटामा एक महिनाको अवधीमा ५÷६ वटा बाल विवाह हुने गरेको पाइएको छ । अहिलेको प्रविधी युक्त अवस्थामा अधिकांशले मोवाईलको प्रयोगका कारण बाल विवाह भयावह रुपमा बढ्दै गएको छ ।
बाल विवाहमुक्त टोल नडाङ्गमा बाल विवाह

जिल्लाको बुढीगंगा नगरपालिका–२ नडाङ्ग टोललाई गएको पुस १२ गते वडाको आयोजना र पीसविन बाजुरा र गुडनेवर्स इन्टरनेसनलको प्राविधिक तथा आर्थिक सहयोगमा बाल विवाह मुक्त टोल घोषणा गरियो ।
बाल विवाह मुक्त टोल घोषणा तामझामका साथ बाल विवाह सामजिक अपराध भएकाले यो प्रथाको अन्त्य गर्न टोलका सामाजिक अगुवा,महिला,बालबालिका र बुद्धिजीवीले सामुहिक प्रतिवद्धता गरे ।
तर सोही टोलमा बाल विवाह मुक्त टोल घोषणा गरेको एक महिनामा नै एक किशोरले बाल विवाह गरेका छन् ।
उक्त विवाह बाजागाजा सहित टोलमा बेहुली भित्र्याउनमा बाल विवाह मुक्त टोल घोषणामा सहभागी भएर बाचा गरेका अगुवाहरु भोजमा सहभागी हुदै ऐक्यवद्धता जनाएका छन् ।
बाल विवाह गरेको थाहा पाएर पनि वडा कार्यालय मौन रहेको छ । वडाका अधिकांश स्थानीय अगुवाहरु बाल विवाहको भोजमा सहभागी भएका छन् ।

बाल विवाह गरेको अन्यत्र जानकारी हुने हुँदा फरक बाहना बनाउदै कतिपयलाई भोजमा सहभागी हुन समेत फोन मार्फत निम्तो दिइएको थियो ।
तर कानुनी रुपमा नै बाल विवाह सामाजिक कु–संस्कार भएकाले आफु विवाहमा सहभागी नभएको एक स्थानीय अगुवाले बताएका छन् ।
उनले भने पारिवारिक रुपमा नातामा भान्जा पर्ने भएपनि बाल विवाह गरेको थाहा पाएपछि सो विवाह भोजमा नगएको बताए ।

यस्तै सोही दिन वडा नम्बर –३ मा पनि बाल विवाह गरिएको छ । १८ वर्षका किशोर र किशोरीले बाल विवाह गरेका छन् । सो विवाहमा गाउँका सामाजिक अगुवा र बुद्धिजीवी समेत विवाह भोजमा सरिक भएका थिए ।
बाल विवाह मुक्त कागजी रुपमा मात्रै,कार्यान्वयनमा चुनौती
जिल्लाका अधिकांश स्थानीय तहले बाल विवाह मुक्त टोल तथा वडा घोषणा कार्यान्वयनमा चुनौती देखिएको छ ।
वडाहरुको आयोजना र विभिन्न संघसंस्थाहरुको सहयोगमा बाल विवाह मुक्त घोषणा कागजी रुपमा भएपनि कानुनी रुपमा कार्यान्वयन हुन सकेको छैन ।

यहाँका स्थानीय स्तरमा काम गर्दै आएका गैर सरकारी संस्थाहरुले कार्यक्रम रहुन्जेलसम्म उक्त कार्यलाई निरन्तरता दिने गरेका भएपनि कार्यक्रम सकिएपछि सो कार्यले निरन्तरता नपाउने गरेको पाइएको छ ।
संस्थाले जुन पालिकामा कार्यक्रम संचालन गर्दै आएको छ । सोही टोल र वडालाई बाल विवाह मुक्त घोषणा पछि सो टोल तथा वडामा बाल विवाह न्युनिकरणका लागि भएका प्रयासका विषयमा कुनै चासो नदेखिएको स्थानीय अगुवाले बताएका छन् ।
बाल विवाह मुक्त टोल तथा वडा घोषणा र कार्यान्वयनमा स्थानीय सरकार नै जिम्मेवार बन्नुपर्ने पीसविन बाजुराका कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले बताएका छन् ।
उनले स्थानीय सरकार जागरुक नहुदा गैर सरकारी संस्थाहरुको हाबी हुदै आएको बताए ।
जिल्लाका हरेक तह बाल विवाह मात्र नभई अन्य सामाजिक कार्यमा कमजोर भएकाले विचौलियाका रुपमा रहेका गैर सरकारी संस्थाहरु हाबी भएको रोकायाको भनाई रहेको छ ।
स्थानीय तहहरु नै एक जनताको नजिकको सरकार भएकाले उनीहरुले योजनावद्ध रुपमा बाल विवाह,छाउपडी प्रथा,महिला हिंसा लगायतका क्षेत्रमा अग्रसर भएर नेतृत्व लिएमा गैर सरकारी संस्थाहरुले सहयोग गर्न तयार हुने रोकायाले भने ।

स्थानीय सरकारको कुनै योजना नहुने हुँदा गैर सरकारी संस्थाको मुख ताकेर बस्न थालेपछि विचौलीया बनेर संस्थाले रजाई गर्ने गरेको रोकाया बताउँछन् ।
गैर सरकारी संस्थामा कार्यक्रम रहेसम्म मात्र जुनसुकै पालिकामा निगरानी गरेको हुन्छ । कार्यक्रम सकिएपछि कुनै चासो नदिएकाले यसका बारेमा स्थानीय सरकारले नै जागरुक हुन जरुरी रहेको उनी भन्छन् ।
स्थानीय सरकार मौन

जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधीहरु बाल विवाह न्युनिकरणमा मौन देखिएका छन् ।
कतिपय बाल विवाहमा जनप्रतिनिधीलाई समेत निम्तो आउने गरेका छन् । तर नैतिक रुपमा बाल विवाहमा जान संकट आउने गरेको उनीहरु विवाह भोजमा सहभागी भने हुदैनन् ।
बाल विवाह गरेको थाहा पाएर पनि स्थानीय सरकारका जनप्रतिनिधीहरुले चासो देखाएका छैनन् ।
बाल विवाहमा विभिन्न कार्य गरेको भएपनि अभिभावका कारण नै बाल विवाह बढ्ने गरेको बुढीगंगा नगरपालिकाका दीपक विक्रम शाहले बताउनु भएको छ ।
उनले नगरपालिकाले बाल विवाह सामाजिक अपराध भएकाले अभियानका रुपमा संचालन गर्दै आएको सबैले सहयोग आग्रह गरेका छन् ।

नगरपालिकाले बाल विवाह विरुद्धमा रण्नितीक योजना बनाएर अघि बढेको भएपनि न्युनिकरणमा चुनौती देखिएको नगर प्रमुख शाहले बताए ।
बाल विवाह सामाजिक रुपमा बहिस्कार गर्नका लागि र अभियानलाई सफल र कार्यान्वयन गर्न संघसंस्था,संचार माध्यमबाट सहयोग अपेक्षा नगर प्रमुख शाहको रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap