उपाध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसको बैठक बस्दै


लेखक : सुन्दराञ्चल      माघ १९, २०७९ मा प्रकाशित     
उपाध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसको बैठक बस्दै

माघ १९  राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ ।बैठक बिहान नौ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ ।
संसदीय दलको कार्यसमितिमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्री रहने व्यवस्था छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।

यही माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष चयन गरिंदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा उक्त पद अहिलेसम्म रिक्त छ ।अनलाइनखबर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap