इजरायलसँग सम्झौताको नजिक छौं,हमासका नेताले भने


लेखक : सुन्दराञ्चल      मंसिर ५, २०८० मा प्रकाशित     
इजरायलसँग सम्झौताको नजिक छौं,हमासका नेताले भने

 एजेन्सी ५ मंसिर, । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ ।

हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि थ्याङ्कस गिभिङको एक कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमास सम्झौताको नजिक रहेको संकेत गरेका थिए । इजरायलले आक्रमण रोक्ने र त्यसको बदला हमासले बन्धक बनाएका केहीलाई रिहा गर्नसक्ने बाइडेनको भनाइ छ ।

मानवीय सहायता संगठन रेडक्रस इन्टरनेशनल कमिटी (आईसीआरसी) ले यसअघि हमासको बन्धकबाट छुटेकाहरुलाई सहयोग गरेको थियो । हाल आईसीआरसीका प्रमुख हमासका नेताहरुलाई भेट्न कतारमा रहेका छन् । त्यसैले पनि इजरायल र हमासबीच छिट्टै कुनै सम्झौता हुनसक्ने सम्भावना व्यक्त भइरहेको छ ।

हमासले बन्धक बनाएकालाई रिहा गर्ने अपेक्षा

बीबीसीका जेरुसेलम सम्वाददाताले पनि केही लामो युद्धविरामको बदलामा केही बन्धकहरुलाई छुटाउन डिल भइरहेको बताएका छन् ।

समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै पाँच दिने युद्धविरामको तयारी भइरहेको जनाएको छ । त्यसको बदलामा हमास र प्यालेस्टाइनको अर्को एक चरमपन्थी समूह इस्लामिक जिहादले बन्धक बनाएका ५० देखि १०० जनालाई रिहा गर्नसक्नेछ । रिहा हुनेमा इजरायल र अन्य देशका बन्दीहरु हुनेछन् तर त्यसमा सुरक्षाकर्मीहरु हुने छैनन् ।

गत असोज २० गते हमासले इजरायलमा आक्रमण गर्दा १ हजार ४०० जनाको ज्यान गएको थियो । इजरायलले युद्ध घोषणा गर्दै हमासविरुद्ध हवाई र स्थल कारबाही सुरु गरेको थियो । इजरायलको आक्रमणबाट थुप्रै सर्वसाधारणको मृत्यु भएपछि इजरायललाई युद्ध रोक्न दबाब छ ।

हमासले इजरायलको किबुजस्थित कृषि फार्ममा भएकोे आक्रमणमा परी १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी सम्पर्कविहीन भएका थिए । उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको भनिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap