इजरायल रहेका नेपाली विद्यार्थी र नेपाली राजदूतसँग लामिछानेले गरे छलफल


लेखक : सुन्दराञ्चल      अशोज २२, २०८० मा प्रकाशित     
इजरायल रहेका   नेपाली विद्यार्थी र नेपाली राजदूतसँग लामिछानेले गरे छलफल

काठमाडौँ , २२ असोज, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इजरायलस्थित नेपाली राजदूत कान्ता अर्यालसँग छलफल गरेका छन् । सभापति लामिछानेले सोमबार इजरायलमा रहेका विद्यार्थी, नेपाली संस्थाका प्रतिनिधि र राजदूत अर्यालसँग छलफल गरेका हुन् ।

छलफलमा इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको सुरक्षा अवस्था, उद्धारका लागि भइरहेका प्रयास र सुरक्षित व्यवस्थापनबारे कुराकानी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
छलफलमा राजदूत अर्यालले द्वन्द्वग्रस्त क्षेत्रमा रहेकालाई सुरक्षित ठाउँमा ल्याउन थालिएको भन्दै संयम अपनाउन आग्रह गरेका थिए । सभापति लामिछानेले द्वन्द्वको संवेदनशीलता बुझेर कदम चाल्न त्यहाँ रहेका नेपाली र दूतावासलाई अनुरोध गरेका छन्।
द्वन्द्वग्रस्त क्षेत्रमा बंकरभित्र बसिरहेका विद्यार्थीले भने तीन दिन बित्दा समेत उद्धारको प्रयास नगरिएको गुनासो गरेका थिए।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap