आफ्नो अभिभावक शिक्षा पाँचौ शृङ्खला चैतन्य पाठशालाको सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र २४, २०७९ मा प्रकाशित     
आफ्नो अभिभावक शिक्षा पाँचौ शृङ्खला चैतन्य पाठशालाको सम्पन्न

धनगढी चैत्र २४, धनगढीमा रहेको चैतन्य पाठशाला स्कुलले अभिभावकहरूको सहभागितामा आज पाठशालाले चालु शैक्षिकसत्रको अन्तिम तथा पाँचौ शृङ्खला सम्पन्न गरिएको छ । जब असल परिवार, असल बिद्यार्थीबाट नै असल संस्कार सहितको व्यक्ति बन्ने जोड दिइएको छ । चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रशाद जोशीले बताए । त्यसैले बिद्यालयले पनी अभिभावक शिक्षालाई पनि विद्यार्थी सिकाइलाई जोडेको बताए । अभिभावकले असल बिद्यार्थीलाई कसरी बनाउने, राम्रो बिद्यालय कसरी बनाउने अनी आफ्नो जिम्मेबारी के रहन्छ भन्ने कुरा बोध हुनुपर्छ उनले भने ।  No description available.

शिक्षा र संस्कार मात्र नभइ चैतन्य पाठशालाले, विवेक र चेतनाको उजागर गर्ने भावनालाई अगाडि बढाउने उदेश्य राखेको बताए । यस्मा बिद्यार्थी, अभिभावक, सामाज सबैको सहकार्य रहने बताए । कार्यक्रममा प्रमुख वक्ता रहेका डाक्टर चिन्तामणि योगीले शिक्षाले मानिसलाई औजार जस्तो नबनाएर जिम्मेवारीको बोध भएको पूर्ण मानव बनाउनुपर्ने बताए। विद्यार्थीहरूमा चैतन्य अवधारणा फैलाउन अभिभावकको भुमिका पनि महत्वपूर्ण छ भन्ने पाठशालाले सिकाइरहेको बताए । करुणा, नैतिकता, जिम्मेवारी, सकारात्मक भावको विकास गराउन विद्यालयसँगै अभिभावक पनि जिम्मेवार हुनुपर्ने योगीको भनाई छ ।

बिद्यार्थी माथी अभिभावकको दवाब नभएर इच्छा चाहाना अनुसार अगाडी बढाउनुपर्ने उनको सुझाब छ । चैतन्य पाठशालाले शिक्षा मात्रै होइन संस्कारको विकास र अभ्यास पनि सँगसँगै गराउन सिकाइ क्रियाकलाप गरिरहेको थाहा पाउँदा खुशी लागेको योगीको भनाई थियो। पाठशालाका प्रधानाध्यापक हरि जोशीले विद्यार्थीको सिकाइका लागि आवश्यक पर्ने न्यूनतम कुराको अभाव हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले व्यवहारिक सिकाइका क्षेत्रमा आगामी शैक्षिकसत्रबाट अझ बढी थप क्रियाकलाप गरिने दाबी गरे । शिक्षा र संस्कार मात्र नभइ चैतन्य पाठशालाले सकारात्मक सोच बिकास उजागर गर्ने कार्यक्रम  No description available.

अगाडी बढाउने बताए। कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका इश्वर गिरीले गरेका थिए। कार्यक्रममा शैक्षिकसत्र २०८० को वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको छ। चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको सभापतित्वमा भएको कार्यक्रममा हिन्दु बिद्यापिठका संस्थापक, शान्ति सेवा आश्रमका अध्यक्ष तथा शिक्षाविद् आध्यात्मीक योग गुरु डाक्टर चिन्तामणी योगी प्रमुख अतिथी रहेका थिए । सुदुरपश्चिम पुर्व क्षेत्रीय शिक्षा निर्देशक डिल्लीराज पन्त, खत्याडी मावीका पुर्ब प्रध्यानाध्यापक बम बहादुर बम, मालिकार्जुन दार्चुला सेवा समाजका अध्यक्ष महेन्द्र पन्त, बिद्यालयका पिटी अध्यक्ष इश्वर गिरी, पतन्जती योग समिती सल्लाहाकार गौरीलाल बडु,बिद्यालयका पुर्व पिटी अध्यक्ष किशोर बिके, गोरख थापा, पुर्व गाबिस अध्यक्ष दिपेन्द्र बम लगायत अभिभावकहरुको सहभागीता रहेको थियो । चैतन्य पाठशालाका सहायक प्रधानाध्यापक कटक बहादुर सिहँले सुन्दराञ्चल जानकारी दिए ।No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap