आधुनिक मौरीपालन व्यवासायबाट मनग्ये आम्दानी गर्दै लम्किका भावेश उपाध्याय


लेखक : सुन्दराञ्चल      चैत्र २५, २०८० मा प्रकाशित     
आधुनिक  मौरीपालन व्यवासायबाट मनग्ये आम्दानी गर्दै लम्किका भावेश उपाध्याय

 

धनगढी चैत्र २५, कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं (०२ निवासी युवा व्यवसायी भाबेश उपाध्याय विगत लामो समय देखि मौरीपालन व्यवसायमा रहेका छन्। उपाध्याययस क्षेत्रका युवाहरुलाई स्वरोजगार सहित कसरी मौरी व्यवसायमा लागेर मनग्य आम्दानी गर्न सकिन्छ भनेर अवरात्र हौसला दिँदै प्रशिक्षणमा खटिरहेका देखिन्छन्। विगत ६ बर्ष देखि आधुनिक तरिकाले मौरी पालन व्यवसायमा सक्रिय रुपमा देखिन्छन् ।

मौरीपालन व्यवसायबाट मनग्य आम्दानी भईरहेको बताएका छन। उपाध्याय सँग अहिले करिव १५० भन्दा बढी घार छन्। जसबाट वार्षिक ७ लाख जति आम्दानी गर्दै आईरहेका छन्। उपाध्यायले वार्षिक करिव ३० कुइनट्ल मह उत्पादन गरी बजार सम्म पुर्याउने गरेको बताएका छन्। बजारका हकमा कैलालीका विभिन्न ठाउँ हुँदै विशेष गरी काठमाण्डौं, पोखरा, बुटवल, दार्चुला, दाङ, बाँके, वर्दिया जिल्ला र माग अनुसार देशका विभिन्न ठाउँमा मह पठाउने गरेको उपाध्याय बताएका छन्।

मौरीलाई चरी चरनका लागि कैलाली लगायत दाङ् , सल्यान, बाके बर्दिया र चितवन् का विभिन्न ठाउँमा लिने गरेको बताएका छन्‌। आधुनिक मौरी पालनमा भाबेश उपाध्याय मौरी सङ्गै रमाई र कमाई गरिरहेका छन्। भाबेश उपाध्याय वर्तमान समयका युवा पुस्ताकोे लागी व्यवसायिक प्रेरणाका स्रोत पनि बनेका छन्।

साथै भाबेशले यस क्षेत्रमा काम गर्दै गर्दा सरकार पक्षबाट हुनु पर्ने सहयोग नभएको बताए। विषेश गरी बजार अभाव हुने भएकाले कृषकहरु चिन्तित भएको र सरकारले सहि तरिकाले बजार व्यवस्थापन गरेमा कृषक हरु उत्साहित हुने बताए। साथै यस क्षेत्रमा स्थानिय सरकार र प्रदेश सरकारले सहयोग गरेमा यस क्षेत्रलाई मौरी क्षेत्रको रुपमा चिनाउन सकिने बताएका छन्। साथै मह चाहेमा ९८६४२८३९५४ सम्पर्क गर्नु हुन समेत आग्रह समेत गरेका छन्  ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap