आठौं नगर सभाको तेस्रो बैठकमा विवाद उत्पन्न धनगढी उपमहानगरपालिकामा


लेखक : सुन्दराञ्चल      असार २०, २०७९ मा प्रकाशित     
आठौं नगर सभाको तेस्रो बैठकमा विवाद उत्पन्न धनगढी उपमहानगरपालिकामा

धनगढी असार २० ,सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरको आठौ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन ।भने

उपमेयर रानाले गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरुपमा कुनै सल्लाह नगरेर बजेट पुस्तिका ९रातो किताव ० प्रकाशित गरेको बतार्इन ।

उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनीधिले कुर्ची उठाएर फालेका थिए । भने काँग्रेस पक्षले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ ।

विवाद भएपछि फेसवूकबाट गरिएको प्रत्यक्ष प्रसारण वन्द गरिएको छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap