काठमाण्डौ-माघ ११, आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । शक्तिपीठहरुमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पूजा आराधना गर्ने गरिन्छ ।
कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् । आजैदेखि एक महिनासम्म काठमाण्डौ उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको साँखुको शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला शुरु हुँदैछ । शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।