आजदेखि एसइई परीक्षा : सुदूरपश्चिम प्रदेशबाट ५५ हजार सहभागी


लेखक : सुन्दराञ्चल      चैत्र १५, २०८० मा प्रकाशित     
आजदेखि एसइई परीक्षा : सुदूरपश्चिम प्रदेशबाट ५५ हजार सहभागी

चैत्र १५,आज बिहिबार देखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । एसइईमा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थी सहभागी हुँदै छन । तीमध्ये २७ हजार २४४ छात्र र २७ हजार ७६६ छात्रा रहेका छन ।
सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहोराले एसइईको सम्पूर्ण तयारी सकिएको जानकारी दिए । यस प्रदेशका नौ वटै जिल्लाका लागि २ सय ११ परीक्षा केन्द्र, २ सय ११ केन्द्राध्यक्ष, ३ स य ७४ सहायक केन्द्राध्यक्ष तोकिएको बोहोराले बताए ।
परीक्षाका लागि आवश्यकता अनुसार दुई हजार ७ सय ४३ निरीक्षक, ५ सउ ५५ सहायक कर्मचारी, एक परीक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार १ सय ६३ जना नेपाल प्रहरीका साथै एक हजार ९५ विद्यार्थीका सहयोगी गरेर आठ हजार १ सय ४३ कर्मचारी परिचालन गरिने छ ।
परीक्षामा सहभागी हुनेमध्ये सबैभन्दा बढी कैलालीबाट १८ हजार ७ सय २० र कञ्चनपुरबाट १० हजार ३ सय ३५, बैतडीबाट पाँच हजार ८७, अछामबाट चार हजार ९ सय ५० विद्यार्थीले एसइई दिने छन । बझाङबाट चार हजार ३ सय ८०, डोटीबाट तीन हजार ३ सय २८, बाजुराबाट दुई हजार ९ सय ३४, दार्चुलाबाट दुई हजार ७ सय ५० र डडेलधुराबाट दुई हजार ५ सय ५७ विद्यार्थी परीक्षामा सहभागी हुने निर्देशनालयले जनाएको छ ।
१२ वटा परीक्षा केन्द्र रहेको डडेल्धुरामा दुई हजार ५ सय ५७ परीक्षार्थीले एसइई दिने शिक्षा समन्वय समिति डडेलधुराले जनाएको छ । एक हजार १ सय ३ छात्रा र छात्रको सङ्ख्या एक हजार २ सय ५४ रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap