आजको मौसम : तराईमा हुस्सु र कुहिरो, अन्य क्षेत्रमा सामान्य


लेखक : सुन्दराञ्चल      माघ १३, २०८१ मा प्रकाशित     
आजको मौसम : तराईमा हुस्सु र कुहिरो, अन्य क्षेत्रमा सामान्य

माघ १३,तराईका धेरै स्थानमा आज बिहानैदेखि हुस्सु-कुहिरो लागेको छ भने दिउँसो मौसममा परिवर्तन भई सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap