आजको आवश्यकता प्रजातन्त्र , गणतन्त्र वा राजतन्त्र


लेखक : सुन्दराञ्चल      फाल्गुन ७, २०८० मा प्रकाशित     
आजको आवश्यकता प्रजातन्त्र , गणतन्त्र वा राजतन्त्र

धनगढी फागुन ७ ,हाम्रो देश नेपाल मात्रै विश्वमा यस्तो छ जहाँ जसले पनि आफु अनुकूलको शासन प्रणाली आलम्बन गर्न पाउँछन् । यहाँ स्वतन्त्रताका लागि १०४ बर्षे लामो जाहानीया राणा शासन फाल्न कतिले के के गुमाए इतिहास साँच्चि छ । कुनै वेला राज्य राज्यमा विभक्त नेपाल एक बनाउन मारिनु पर्यो , कुनै वेला आफुमाथिकै शासकको दमनबाट पिडीत हुनु पर्यो त कुनै बेला विदेशीको चङ्गुलबाट देशलाई बचाउन रगतको खोलो बगाउनु पर्यो । कुनै पनि समयमा आखिरमा सोझा नेपाली जनताले नै पिडा खेप्न बाध्य भएका तथ्यहरु पनि भेटिन्छन् ।

जाहानीया राणा शासन फाल्न सुरुमा वि. सं १९९७ सालमा ४ जनाको बलि चढाएर त्यस पछिको महासंघर्ष पश्चात मात्रै वि.सं २००७ सालमा प्रजातन्त्र स्थापना गरी राणा र जनाता दुवै शासन गर्ने सहमति भयो । समय बित्दै जाँदा सत्ताका भोका रहेकाहरुकै कारण प्रथम जन निवार्चित प्रधानमन्त्री विवेश्रप्रसाद कोइरालालाई पतच्युत गरी राजा महेन्द्रले दल विहिन शासन प्रणाली आलम्बन गरे । राजनीतिक पार्टी माथि प्रतिबन्ध लगाई शासन गर्दा राजाले थुप्रै चुनौतिको समाना समेत गर्नु पर्यो, तथापि जनाताको हितमा शासन गरेको भन्ने कुरा वि. सं २०३६ सालको जनमतको नतिजाले प्रस्ट हुन्छ । आफु सत्तामा पुग्ने सोझा जनातालाई आफ्नो रबाफ देखाउन नपाएको पिडा भने राजनीतिक पार्टीका नाइकेहरुलाई दिनानु दिन बढ्दै गयो ।

फेरी प्रजातन्त्र पुर्नबहालीका लागि आन्दोलन गर्न सुरु भै हाल्यो । यसरी यस बेलाको आन्दोलनमा पनि कति बलि चढाए लेखाजोखा हुन सकेन तर आन्दोलनको सफलता स्वरुप वि.सं २०४७ सालमा फेरी प्रजातन्त्र आयो र सोही अनुरुप शासन प्रणाली लागु भयो । प्रजातन्त्रको बहालीले ठुलो फाइदा हुने सपना देखाउनेहरुकै पदको भोक नमेटिए पछि फेरी वि.सं २०५२ सालबाट केही भुमिगत आन्दोलन गर्न गएका खबर बाहिरन थाले । बिस्तारै आन्दोल गर्न जंगल पसेकाहरु सर्वसाधरणका लागि ठुलो पिडाका स्रोत बन्न पुगे। अनेकन पिडा खेप्न नसकेर सर्वसाधरण जनता भिडको बाटोमा जान बाध्य भए । जब भिडमा जान तयार भए तब पो पिडा त झन हुन थाल्यो एक तर्फी शासक त एक तर्फी भुमिगत आन्दोलनकारी यस बेला पनि कति के के गुमाए सबै न म भन्न सक्छु न कोही सुन्न सक्छन् । तर जताबाट पनि सोझा नेपाली जनताले पिसिनु पर्यो । यसरी लामो जनयुद्धलाई बिराम गर्न सहमति गर्ने निर्णय गरियो, फलस्वरुप राजतन्त्र फालेर वि.सं२०६५सालमा प्रजातन्त्रहितको गणतन्त्रलाई स्थापना गरियो । नेपाली जनताले तिहारमा जस्तै घर घरमा ठुलो दिपावली मनाए । यति बेला देशमा सबै फेरिएको थियो ठुलै परिवर्तन हुने सपना बाँड्नेहरुले शासन गरे तर पनि जनताको अवस्था ज्युका त्यु रहन गयो ।

बिस्तारै यो शासन प्रति पनि बितिष्णा पैदा हुन थाल्यो। यसरी अनेकन शासक फेरीए , तर न नेपाल फेरियो न नेपाली फेरिए समस्या दिनानु दिन बढ्दै गए, यहाँहरुलाई अवगत भएको कुरा जो आजभोली पनि निरन्तर बढ्दै गएका छन। अब तपाई भन्नुस् सबै शासन प्रणाली लागु गरेका हामीलाई चाहिएको के हो रु राजतन्त्र , प्रजातन्त्र वा गणतन्त्र ……. हामीलाई न हिजा आफ्नाहरुसँगै दुस्मनी गरेर प्रजातन्त्र चाँहिएको हो , न राजतन्त्र हटाएर गणतन्त्र हामी सिकारीको पासोमा बारम्बार परिरहेका सिकार हौँ । हाम्रो बलबुतामा कति के के पाएँ जो लेखाजोखा गर्नै सकिदैन । अझै पनि हाम्रो नामको नारा गाउन छोडेको छैनन् । यहाँ अझै पनि धेरै भोकाइसकेका छन् , तर अब हामी काही पनि सिकार बन्ने छैनौँ भन्दै प्रजातन्त्र दिवसको सबैलाई शुभकामना …..।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap