आज हरितालिका तीज, हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरि मनाउँदै


लेखक : सुन्दराञ्चल      भदौ २१, २०८१ मा प्रकाशित     
आज हरितालिका तीज, हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरि मनाउँदै

काठमाडौं भदौ २१, आज हिन्दूधर्मालम्बीहरुले हरितालिका तीज पर्व मनाउँदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरेर मनाउँने गरेका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयहरुमा भक्तजन महिलाको घुइँचो लागेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

पशुपति क्षेत्र विकास कोषले हरितालिका तिजका अवसरमा पशुपतिनाथको दर्शनका लागि आज बिहान तीन बजेदेखि नै चारै ढोका खोलिएको थियो ।

कोषले बिहिबार पत्रकार सम्मेलन गरी पशुपतिनाथको दर्शका लागि चारवटै ढोका खोलिएको छ । पाशुपत क्षेत्रमा पूजाका लागि पुग्ने दर्शनार्थीले गौरीघाट उमाकुण्ड, दक्षिणामूर्ती बासुकी हुँदै पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

धेरै दर्शनार्थी एकै पटक पुग्दा मोबाइल सेवामा अवरोध नहोस् भनेर नेपाल टेलिकम र एनसेलले बिटिएस भ्यान प्रयोग ल्याउने छन् । सुरक्षाका लागि थप सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था गरिएको छ । सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले पिन निगरानी बढाएको कोषले जनाएको छ ।

नेपाली सेनासहितको टोलीले स्वास्थ्य सेवा सञ्चालन गरेको छ । त्यस्तै गौशाला वनकाली क्षेत्रमा सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । दर्शनार्थीका लागि तिलगंगा आँखा अस्पतालनजिकैको खुला स्थान, सिफल चौर र गुहेश्वरी पारीको खाली स्थानमा पार्किङको व्यवस्था मिलाएको छ ।

तीजका दिन हुने भिडभाडका बेला चोरी हुन सक्ने भन्दै कोषले महंगा गरगहना लगाएर नआउनसमेत आग्रह गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap