आज माघ शुक्ल पूर्णिमा: एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै


लेखक : सुन्दराञ्चल      माघ ३०, २०८१ मा प्रकाशित     
आज माघ शुक्ल पूर्णिमा: एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौं माघ ३०, एक महिना लामो स्वस्थानी व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिनबाट समापन गरिँदै छ ।

पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवतरुपमा समापन गर्न लागिएको हो ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ । आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिकालमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्व समापन हुन्छ ।

व्रत समाप्तीका दिन आज श्रीस्वस्थानीको पूजा गरी एक सय आठ रोटी, पान, कुड्का सुपारी लगायत सामग्री चढाउने तथा रातभर जाग्राम बस्ने प्रचलन छ । व्रत अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको छ ।

पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । श्रद्धापूर्वक स्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दु:ख तथा रोग नाश हुने र चिताएको पुग्ने धार्मिक विश्वास छ । काठमाडौंको साँखुस्थित शाली नदीमा एक महिनादेखि जारी स्वस्थानी मेला पनि आजै गरिँदैछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap