आज बाट धनगढीमा रहेको नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न सुरु


लेखक : सुन्दराञ्चल      अशोज २९, २०८० मा प्रकाशित     
आज बाट धनगढीमा रहेको नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न सुरु

धनगढी असोज २९, यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले आज सोमबार देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन काउण्टर खुला गरेको हो। दशैका लागि आजबाट नयाँ सफा नोट साट्न सुरु गरिएको छ।

नेपाल राष्ट्र बैंक धनगढीले वाणिज्य बैंक मार्फत समेत सर्वसाधारणका लागि आज सोमबार देखी नयाँ नोट सटही सुविधा दिन लागेको हो। नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीले नयाँ नोट सटहीका लागि दुईवटा काउण्टर खुला गरेको छ। तेस्रो काउण्टर पनि राख्ने की भन्ने विषयमा छलफल चलिरहेको राष्ट्र बैंक धनगढीकी सूचना अधिकारी अस्मिता गोर्खालीले बताइन्। भने

गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको उनले जानकारी गराइन्। गत वर्ष राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो। असोज २९ देखि राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकहरूका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको हुँदा बैंकहरूले तोकेको नजिकको शाखामार्फत नोट सटही गर्नुहुन सबैलाई सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘राष्ट्र बैंकका प्रादेशिक कार्यालय वा वाणिज्य बैंकले तोकेका कार्यालयमध्ये पायक

 

फोटो खोल्नुहोस्

पर्ने स्थानमा गई नोट सटही सुविधा लिन सकिन्छ।’ १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक÷एक बन्डल हो। यस वर्ष नयाँ नोट लिन आउने सर्वसाधारणलाई राष्ट्र बैंकले क्यूआर कोडमार्फत भुक्तानी गर्न आग्रह गर्ने जनाएको छ। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्भव भएसम्म धेरैभन्दा धेरै भुक्तानी क्यूआरमार्फत गर्न आग्रह गर्ने तयारी रहेको छ। क्यूआर कोडमार्फत भुक्तानी गर्नेबाहेकले नयाँ नोट सटही सुविधा पाउँदैनन् भन्ने होइन, सबैले पाउने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ। यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ। खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन्।

बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि ९५ सय र हजार० दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ। यो रकममा सिक्काको हिसाब हुँदैन। दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का ९चाँदीका स्मारिका सिक्का र सुनका असर्फीं पनि धेरै बिक्री हुँदै आएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap