माघ १९आज पनि देशका केही भू-भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको हो ।
प्रदेश–१, मधेश, बागमती तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज रातिबाट यस प्रणालीको प्रभाव बढ्ने महाशाखाले जनाएको छ ।
आज पनि वर्षा तथा हिमपातको सम्भावना कायमै रहेकोले चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले अनुरोधसमेत गरेका छन् । फरकधार