आज देखी भुवा पर्व बाजुरेली सेवा समाजको आयोजनामा धनगढीको खुला मन्चमा सुरु,


लेखक : सुन्दराञ्चल      पुस ८, २०७९ मा प्रकाशित     
आज देखी भुवा पर्व बाजुरेली सेवा समाजको आयोजनामा धनगढीको खुला मन्चमा सुरु,

महादेव गिरी संवाददाता 

धनगढी पुष ८, सुदूपश्चिमको मौलिक पर्व भुर्वा धनगढीको खुला मञ्चमा बाजुरेली सेवा समाजको आयोजनामा सुरु भएकोृ छ । सोही भुवा पर्वलाइ प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुु भएको थियो ।

आज बिहान ८ बजे भुवा पर्वलाई मुढा र राँका बालेर उद्धाटन गरिएको थियो भने बिहान ११ बजे सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोसीले सोही भुवा प्रर्वलाइ उद्धाटन गर्नु भएको थियो ।

धनगढीको खुलामञ्चमा पुष ८,गते देखी १० गतेसम्म भुवा पर्व मनाउने बाजुरेली सेवा समाजका अध्यक्ष चेतन बहादुर थापाले सुन्दराञ्चललाइ बताए । सोही भुवा पर्वमा पुर्व कानुन मन्त्री प्रकाश बहादुर शाह लगायतका नेताको उपस्तिथी रहेको थियो भने पुर्व मन्त्री प्रकाश बहादुर शाहाले यो भुवा पर्व धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक एकताको रुपमा सुदूपश्चिमका पहाडी जिल्लाहरुमा परापुर्व कालदेखी मनाईदै आएकाले यस्लाइ जोगाइ राख्न हामी सबै सुदूरपश्चिमेली को दाहीत्व रहेको बताए ।

No description available.

भुवा पर्व परापूर्व कालदेखि सुदूरपश्चिमका पहाडी जिल्ला, बाजुरा, बझाङ, अछाम,बैतडी, डोटी, कैलाली र कञ्चनपुर लगाएतका जिल्लामा मनाइन्छ। बाजुरेली सेवा समाजको आयोजनामा पुस ८ ,गते देखी १०,सम्म भुवा पर्व मनाइने बाजुरेली समाजले बताए । भुवापर्व मनाउनुको मुख्य उद्धश्य पान्डवले कौरब माथि बिजय प्राप्त गरेपछि सत्यले असत्य माथि बिजय प्राप्त गरेकाले यो पर्व विजय उत्सवको रुपमा यो भुवापर्वको थालनी भएको मान्न सकिन्छ ।

जस अनुसार युद्धको अन्तेमा युधिष्ठिरको आज्ञाले कुरुक्षेत्रको भुमिमा एउटा पनि शव नरहने गरि जलाईएको थियो षौषको कृष्ण पक्षको चतुर्दशीका दिन भुवा पर्वसुरुवात पनि मुढाँ जलाएर भुवाचालिनाच ,लाखेनाच, हरिनुनाच, लगाएका महाभारतको युद्धसंग झल्किने नाचहू देखाईने गरिन्छ ।

यो प्रर्व सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाइने गरिन्छ । बाजुरेली सेवा समाजले धनगढीको खुल्ला मञ्चमा आयोजना गर्न लागेको भुवा पर्व आज देखी सुरु भएको छ । बाजुरा पुर्खौली घर भएकाहरूले धनगढीमा भुवा पर्वको आयोजना गर्न लागेको र त्यसलाई मध्यनजर गर्दै मौलिक पर्वलाई निरन्तरता दिने उद्देश्य रहेको बाजुरा सेवा समाजका अध्यक्ष थापाले बताए ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap