पुष २७ काठमाण्डौ ,आगामी चैतको पहिलो हप्तादेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । वार्षिक क्यालेन्डर अनुसार नै परीक्षा हुन लागेको हो । यो वर्षदेखि नन् ग्रेडिङ लागू हुनेछ । यसअघि ग्रेडिङ सिस्टम थियो ।
माघको पहिलो हप्ता रुटिन सार्वजनिक गरिने जनाइएको छ । अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।