आकाश सफा भएन ,पानी पर्न नसक्दा : मौसमविद्


लेखक : सुन्दराञ्चल      चैत्र १८, २०७८ मा प्रकाशित     
आकाश सफा भएन ,पानी पर्न नसक्दा : मौसमविद्

काठमाडौँ  १८ चैत्र   उपत्यकाको आकाश नखुलेको आज चार दिन भयो। आकाशको माथिल्लो भागमा बादल टम्म छ। तलतीर तुवाँलो देखिन्छ। आइतबारसम्म यस्तै अवस्था रहने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ।

महाशाखाका मौसमविद् हिरा भट्टराई  भन्छन्, ‘उपत्यकामा पानी पर्नै सकेन, त्यसैले आकाश सफा भएन।’

उनका अनुसार उपत्यका त्यसैपनि कचौरा आकारको छ। यसमा माथिल्लो भागमा बादल टम्म बसेको छ। त्यसमाथि धुवाँ, धुलोको प्रदूषण थपिँदै गएको छ। ठूलो हावाहुरी आउन सकेको छैन। पानी पार्नका लागि वायुमण्डलमा आवश्यक जलवाष्प पनि पुगेन। त्यसैले यस्तो अवस्था आएको हो।

‘सम्भवत भोलि (शनिबार) हामीले अनुमान गरे अनुरुप पानी पर्यो भने आकाश खुल्छ। होइन भने यो अवस्था आइतबारसम्म रहन्छ,’ मौसमविद् भट्टराईले भने।

सामान्यतया रातीमा आकाश बिस्तारै सफा हुनुपर्ने बताउँदै उनले भने, ‘तर यसपटक त्यो पनि भएको छैन। कही कतै अलिअलि खुले पनि समग्रमा आकाश सफा हुन सकेको छैन। शनिबार अलिअलि पानी पर्ने सम्भावना छ। शनिबार पानी परेन भने आइतबारसम्म यो अवस्था रहन्छ।’

‘सोमबारबाट खुल्छ की भन्ने हाम्रो अनुमान हो,’ उनले भने। उनका अनुसार यसले हवाई उडानमा पनि केही समस्या ल्याएको हुनुपर्छ। किनकी आकाश सफा नभइदिँदा भिजिबिलिटीमा पनि समस्या आएको छ। बिहानको भिजिबिलिटी त्यसैपनि कम हुन्छ। शुक्रबार बिहानको भिजिबिलिटी १५ सय मिटर मात्र थियो। दिउँसोको ५ किलोमिटर पुग्यो।

यसले कुनै कुनै उडानलाई प्रभाव पार्न सक्ने मौसमविद् भट्टराईको अनुमान छ। उनले प्रारम्भिक मनसुन र हावाको उच्च चापको प्रभावले गर्दा पनि यस्तो अवस्था आएको बताए।नागरिक

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap