असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी , पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि


लेखक : सुन्दराञ्चल      जेष्ठ १५, २०७९ मा प्रकाशित     
असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी , पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि

१५ जेठ, काठमाडौं । सरकारले सरकारले पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागिलागि आगामी असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ ।

कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप निःशुल्क प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको हो ।

पहिलो चरणमा १५ लाख खोप असार १५ भित्र आइसक्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।

कोरोनाविरुद्ध खोप अभियानमा नेपालले उल्लेखनीय प्रगति गरेको भन्दै कोभ्याक्स कार्यक्रम अन्तर्गत बालबालिकालाई निःशुल्क खोप उपलब्ध भएको डा. मरासिनीको भनाइ छ ।

‘पहिलो चरणमा १५ असारसम्ममा बालबालिकालाई फाइजरको १५ लाख खोप आउने छ । हामीसँग खोपको भण्डारण क्षमता कम भएकाले एक पटकमा १० लेखि १५ लाख डोज पटक–पटक ल्याउने तयारी गरेका छौं’, डा. मरासिनीले भने, ‘विगतमा फाइजर खोप सञ्चालन भएका २१ जिल्लाका बालबालिकामा पहिला लगाइनेछ ।’

उनका अनुसार ५६ जिल्लामा फाइजर खोप पहिलोपटक सञ्चालन हुने भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको छ ।

स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार पाँचदेखि ११ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिका छन् । उनीहरूलाई दुई मात्रा पुग्ने गरी ८४ लाख मात्रा खोप निःशुल्क आउने छ । कोभ्याक्सले बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराएको विश्वमा नेपाल पहिलो देश हो ।

‘खोप खरीदका लागि साढे ६ अर्ब रुपैयाँ जति पर्छ । सिरिन्ज र घोलक पदार्थ नै कोभ्याक्सबाट नै आउँछ’, डा. मरासिनीले भने,’ कोभ्याक्स सुुविधामार्फत निःशुल्क खोप आउने भएपछि सरकारको रकम जोगिएको छ ।’

१२ वर्षमाथिका व्यक्तिहरूलाई ०.३ एमएलका दरले खोप लगाए पनि पाँच देखि १२ वर्षमुनिका बालबालिकालाई ०.२ एमएलका दरले खोप दिनुपर्छ । फाइजर खोप अल्ट्रा कोल्डचेन माइनस ४४ देखि ८० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap