असार तेस्रो साता आइपुग्दा देशभर कुल २६.७१ प्रतिशत क्षेत्रमा धान रोपाइँ


लेखक : सुन्दराञ्चल      असार २२, २०८० मा प्रकाशित     
असार तेस्रो साता आइपुग्दा देशभर कुल २६.७१ प्रतिशत क्षेत्रमा धान रोपाइँ

 असार,२२ । असार तेस्रो सातासम्म आइपुग्दा देशभर कुल २६.७१ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १४ प्रतिशत हाराहारीले कम हो ।यस वर्ष २१ असारसम्म ३ लाख ६२ हजार ६२५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्ष १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । यस अवधिमा सबै भन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । सो प्रदेशमा ४८.९७ प्रतिशत भू-भागमा रोपाई सकिएको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए ।

यस्तै सबै भन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । धान उत्पादनको भण्डर मानिने प्रदेशमा यस वर्ष असार तेस्रो सातासम्म ९.५३ प्रतशित क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

कर्णाली प्रदेशमा ४५.०२ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ३०.७८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा २४.४३ प्रतिशत रोपाइँ हुँदा गण्डकी प्रदेशमा १७.५५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

देशैभर मनसुन उपयुक्त भएको र रोपाइँ जारी रहेका कारण यस वर्ष धानखेती हुने सबै क्षेत्रमा रोपाइँ हुने हनुमान मन्त्रालयको छ । रोपाइँ ढिलाइ हुनुमा मनसुन केही दिन ढिला सुरुहुनु नै प्रमुख कारण भएको मन्त्रालयले जनाएको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap