असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व हर्षोल्लासपूर्वक मनाइँदै,


लेखक : सुन्दराञ्चल      चैत्र १२, २०८० मा प्रकाशित     
असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व हर्षोल्लासपूर्वक मनाइँदै,

महादेव गिरी संवाददाता

धनगढी चैत १२, असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व सुदूरपश्चिमका बिभिन्न जिल्लामा फरक फरक तरिकाले मनार्इन छ । सुदूरपश्चिमका पहाडी जिल्ला, अछाम,बझाङ, बाजुरा लगाएकता पहाडी जिल्लामा होली पर्व हिजो मुख्य दिन थियो । भने तराईका जिल्लामा आज मनाईदै छ । पछिल्लो समय पहाडी जिल्ला अछाम, बाजुरा, बैतडी, दार्चुला र डडेलधुराबाट तराईमा बसोबास गर्ने मानिसहरुले आ(आफ्नो ढङ्गले होली मनाउन थालेका छन् ।

यहाँ बसोबास गर्ने अछामी सेवा समाजले आफ्नो रितीरिवाज लाई जोग्रेना गर्ने उद्येश्यले आफ्नै तरिकाले होली मनाउने गरेका छन् भने डडेलधुराको रुपाली होली भिन्न तरिकाले मनाईने गरिन्छ । त्यसैगरी, दार्चुला, बाजुरा, र बैतडीबाट बसाइँ सरी तराईमा आएकाले आफ्नो रितीरिवाज अनुसार होली पर्व भिन्न तरिकाले मनाउने गरेका छन् ।

कैलाली र कञ्चनपुरका रानाथारु समुदायको होली पर्व भिन्न छ ।“भने पाँच दिनसम्म आफन्तको घर(घरमा गएर होली खेल्ने र एकापसमा शुभकामना आदानप्रदान एक आपसमा माया साँटा सााट गर्ने गरेकोअहिले हाम्रो मौलिक होली पर्व को रुपमा खेल्ने गरिएको बाजुरेली समुदायले मौलिक परम्पराका साथ शुक्रबारदेखि नै होली पर्व मनाइरहेको बाजुरेली सेवा समाजले बताए। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्वलाई वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने पर्वका रूपमा समेत मनाउने चलन छ।

किंवदन्तीअनुसार त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्धेश्यले ब्रम्ह्राबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ। धार्मिक तथा सांस्कृतिक मान्यता, रितिरिवाज र परम्परालाई पछ्याउँदै अछाम र बाजुराबाट कैलाली तथा कञ्चनपुरका विभिन्न स्थानमा बसाइँ सरेका पहाडी समुदायले परम्परागत पहिरनमा सजिएर देउडा लय र भाकामा होली पर्व मनाउन सुरु गरेका हुन्। यो पर्व सुदूरपश्चिममा मात्र नभएर देश भर हर्स उल्लासपूर्ण साथ होली मनाउने र सरकारले पनि दुई दिन बिदा समेत दिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap