अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी नौ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज १२, २०८१ मा प्रकाशित     
अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी नौ जनाको मृत्यु

काठमाडौं  असोज १२, । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ ।

काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । बल्खु खोला किनारमा एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान हुन भने बाँकी छ ।

काठमाडौंका नदी किनारका बस्तीमा पानी पसेपछि प्रहरीले उद्धार सुरु गरेको छ । तीनवटा बोटसहित सात सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap