अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ ७, २०७९ मा प्रकाशित     
अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ

७ भदौ,   दाङमा ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

तुलसीपुरबाट पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन शेर्पाइली, उपाध्यक्ष दीपेन्द्र वली, जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वली र अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका केन्द्रीय सदस्य सञ्जय वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताए ।

त्यस्तै घोराहीबाट अखिल क्रान्तिकारी दाङका संयोजक खुमन पौडेल, जिल्ला सदस्य हिमाल केसी, टार्जन वली र प्रकाश बुढामगर पक्राउ परेका प्रहरीले जनाएको छ । बन्दकर्ताले गाडी सवारी सञ्चालनमा अवरोध गर्ने, चाबी खोस्ने, धम्काउने जस्ता कार्य गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपासहित ४ वटा कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव दाङमा देखिएको छ । बिहानैदेखि बजार पूर्णरुपमा खुलेको छैन भने सवारी साधन पनि चल्न सकेको छैन ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap