अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन


लेखक : सुन्दराञ्चल      पुस १५, २०८१ मा प्रकाशित     
अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन

काठमाडौं पुस १५,  अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको एक सय वर्षको उमेरमा जर्जियास्थित आफ्नै घरमा निधन भएको छ । सन् १९२४ को अक्टोबर १ मा जन्मिएका कार्टर सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाको ३९औं राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ अमेरिकी इतिहासमा सबैभन्दा लामो समय जीवित रहेका राष्ट्रपति समेत हुनुहुन्थ्यो ।

कार्टर केही समयदेखि ‘मेलानोमा’ नामक रोगबाट पीडित हुनुहुन्थ्यो । ‘मेलानोमा’ छालाको क्यान्सरको एक प्रकार हो । उक्त रोग उहाँको कलेजो र मस्तिष्कमा फैलिएको थियो । सन् २०२३ मा, उहाँले अस्पताल आफ्नो रोगको लागि उपचार नगर्ने निर्णय समेत गर्नुभएको थियो ।

राष्ट्रपति पद छाडेपछि उहाँले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत धेरै वर्ष मानवीय काम सञ्चालन गर्नुभयो । उहाँले युद्धको समाधान खोज्ने, चुनावको अनुगमन र रोग उन्मूलन गर्ने दिशामा काम समेत गर्नुभएको बीबीसीले जनाएको छ । कार्टर सेन्टर मार्फत गरेको कामका लागि उहाँलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

कार्टरको जन्म अमेरिकाको एक किसान परिवारमा भएको थियो । सन् १९६० मा राजनीतिमा प्रवेश गर्नुभएका कार्टर सन् १९७१ मा पहिलो पटक आफ्नो राज्यको गभर्नर बन्नुभएको थियो । त्यसको ठीक ६ वर्षपछि कार्टर रिपब्लिकन पार्टीका अध्यक्ष जेराल्ड फोर्डलाई हराएर राष्ट्रपति बन्न सफल हुनुभएको थियो ।

राष्ट्रपति जो बाइडन, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत विश्वका नेताहरूले उहाँको निधनप्रति दुःख व्यक्त गरेका छन् । कार्टर चुनाव पर्यवेक्षण लगायत विभिन्न उद्देश्यले नेपाल भ्रमणमा पनि आउनुभएको थियो ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap