अबिरल वर्षाका कारणले मुगुमा एक जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज २४, २०७९ मा प्रकाशित     
अबिरल वर्षाका कारणले मुगुमा एक जनाको मृत्यु

२४ असोज, मुगु । अबिरल वर्षाले मुगुमा एक जनाको मृत्यु भएको छ भने दर्जनौ घर पहिरोको जोखिममा परेका छन् ।

छायानाथ रारा नगरपालिकाको वडा नम्बर ८ मा गए राति गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । मृतकको हालसम्म पहिचान खुलेको छैन ।

मुगुमा बिगत ५ दिनदेखि परिरहेको अबिरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो गएको स्थानीय धर्मराज शाहीले जानकारी दिए । सदरमुकाम गमगढी बजारमा रहेको कालिका मालिका मन्दिर अगाडी नजिक रहेका पहिरो जाँदा आसपासका २० घर जोखिममा रहेको शाहीले बताए । पहिरोको जोखिमले ती घरहरु खाली गरिएको छ ।

गमगाढ जलविद्युत्को पावरहाउस पहिरोले बगाउँदा मुगुमा विद्युत् आपूर्ति ठप्प भएको छ । जसको कारणले नेपाल टेलिकम मुगुले पनि काम गर्न सकिरहेको छैन ।

वर्षातले पुलहरु बगाउँदा आवतजावतमा समस्या परेको शाहीले जानकारी दिए । अविरल वर्षाले बालीनालीमा पु¥याएको क्षतिको विवरण आइसकेको छैन ।

छायानाथ रारा नगरपालिकामा वर्षात्का कारणले पुगेको क्षति :

१. वडा नं. १ मा ७ घर भत्केको साथै गमगढीको तल्लो बजारमा २० देखि ३० घरहरू जोखिममा परेका छन् ।
२. वडा नं. २ मा १ घरको क्षति ।
३. वडा नं. ३ मा तुममा ४ वटा घर क्षति ।
४. वडा नं. ४ मा भामवाडाको भ्यालवाडामा ७ घर भत्केको र ७० घरधुरी जोखिममा परेका छन् ।
५. वडा नं. ७ मा ८ घर भत्केको र ३०–४० घर जोखिममा छन् ।
६. वडा नं. ८ मा पहिरोको डरले गाउँ खालि गरिएको छ ।
७. वडा नं. ११ सालीममा ११ जना बेपत्ता भएका छन् !
८ वडा नं ३ को फुलि गाउँमा करिब ३५ घर सहित गाउँ नै पहिरोको जोखिममा परेर मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap