धनगढी फाल्गुन ३०,धनगढी( सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रमुख देवराज जोशीले सक्रिय राजनीतिमै रहने बताएका छन्। सोमवार पदमुक्त भएका जोशीले मङ्गलवार धनगढीमा पत्रकारसँगको भेटघाटमा पहिलेजस्तै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुने बताएका हुन्।
२०७८ को कात्तिक २३ मा प्रदेश प्रमुखमा नियुक्त भएका जोशीको कार्यकाल करिब २८ महिनाको रहेको हो। मन्त्रीपरिषद्ले निर्णय गरेको भएपनि आधीकारिक पत्र पनि आईनपुगको उनले बताएका छन् ।
यो अवधिमा आफ्नो जिम्मेवारी र भूमिका सही ढङ्गले निर्वाह गर्न सकेको जोशीले बताए। उनले आफ्नो कार्यकाल सफल भएको दाबी समेत गरे। संविधानले दिएको दायित्व निर्वाह गर्न सकेकोमा खुशी लागेको बताउँदै जोशीले सबै पक्षबाट सहयोग र सद्भाव पाएको बताए।