अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको’बल्छी ध्रुवे’ र ‘राजु मास्टर’ पक्राउ,


लेखक : सुन्दराञ्चल      जेष्ठ ३२, २०८० मा प्रकाशित     
अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको’बल्छी ध्रुवे’ र ‘राजु मास्टर’ पक्राउ,

३२, जेठ  ,अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा कलाकारहरूसमेत पक्राउ परेका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायतका कलाकारलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।

कार्यालयका एक प्रहरी अधिकारीका अनुसार उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।

यसअघि बुधबार मात्र यसै प्रकरणमा अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूमध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस घटनामा ७४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न/गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंमा पठाइएको छ ।काठमाडौँ

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap