धनगढी जेष्ठ ३०, बाजुरा जिल्ला नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावतले खप्तड राष्ट्रिय निकुञ्ज बाजुराको भूभागमा नपर्नु दुःखद विषय भएको बताए ।उनले पार्टीको १४ औँ जिल्ला कमिटीको नियमित बैठकका क्रममा बोल्दै अध्यक्ष रातवले खप्तड राष्ट्रिय निकुञ्ज बाजुराको भूभागमा नपर्नु दुःखद विषय भएको बताएका हुन् ।
प्रथम खप्तड आध्यात्मिक सम्मेलनको अवसरलाई जुराएर बसेको उक्त बैठकमा खप्तड पर्यटकीय क्षेत्रलाई राष्ट्रिय स्तरसम्म पहिचान गर्न, सुदूरको सम्भावनाको पहिचान गर्न, धार्मिक पर्यटनलाई सुदूरको अर्थतन्त्रसँग जोड्न, पर्यटकीय गन्तव्यको प्रमुख केन्द्र बनाउने र सो क्षेत्रको उजागर गर्ने विषयमा छलफल भएको हो ।
बैठकका छलफलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खप्तड राष्ट्रिय निकुञ्जको पर्यटकीय प्रवद्धन गर्न र यस क्षेत्रलाई आम्दानीको स्रोत कसरी बनाउन सकिन्छ भन्ने मूल उदेश्य राखिएको अध्यक्ष रावतले बताए । उनले खप्तड क्षेत्रको जल, जमीन, त्यहाँको सौन्दर्य र उतm क्षेत्रको जडिबुटी उपभोग गर्न नसकिएको बताए ।
‘खप्तड सुदूरपश्चिम प्रदेशका चार जिल्लाले छोएको देखिन्छ । जसमध्ये बाजुरा, अछाम, डोटी र बझाङ जिल्लाले छोएको देखिन्छ । वास्तवमा भन्ने हो भने खप्तड राष्ट्रिय निकुञ्जको आर्मी व्यारेकको आधा भाग बाजुराको सीमानामा हुन पर्ने हो तर छैन’, अध्यक्ष रावतले भने । गुगल म्याप हेर्ने हो भने खप्तडको खापरदह भन्दा यता मात्र बाजुराको भूगोल देखाउँछ । तर खप्तड राष्ट्रिय निकुञ्जको बोर्ड र आर्मी व्यारेकमा बाजुरा भनेर लेखिएको छ । सरकारी कर्मचारीहरु पति सेवासविधा बाजुराबाट लिइरहेका छन् ।
अब केन्द्र सरकार, प्रदेश सरकार र बाजुराबाट प्रतिनिधित्व गरिरहेका सांसदहरुले यसलाई नयाँ सीमांकन गरेर यसको गुगल म्यापमा पनि खप्तड राष्ट्रिय निकुञ्जको आधा व्यारेक बाजुराको भूगोल तथा सीमाना हुनुपर्ने दाबी नेकपा एसले गरेको छ । यसमा बाजुराका सबै राजनीतिक दल एक हुनुपर्नेमा उनको जोड छ । राउतले ‘कतै खप्तड क्षेत्रको सदुपयोगका नाममा दुरुपयोग गरेका त छैनौ रु’ भनी प्रश्न गरे । प्रमख खप्तड आध्यात्मिक सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको अभिव्यक्ति अनुसार सशंकित भएको उनले बताए । तर त्यसलाई किमार्थ स्वीकार नहुने उनले बताएका छन् । उनले भने, ‘खप्तडलाई हामी कतै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको हस्तक्षेपमा पार्ने काम त गरिरहेका छैनौँ रु’