बुटवल १९ पुस,। अत्यधिक जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए ।
जिल्लाका अन्य पालिकाहरुले भने अहिलेसम्म जाडो बिदा दिएका छैनन् ।