अत्तरिया, साउन १२ , सुदूरश्चिमको कैलाली अत्तरीयामा रहेको गुँरास एकेडेमीले एसइईमा यस बर्ष सुदूरपश्चिममा ३.९० जिपीए ल्याएको बिद्यालयका कार्यकारी निर्देशक डम्बर सिहं कडायतले जानकारी दिए ।
भने निर्देशक कडायतका अनुसार २०७८ सालमा भौतिक रुपमा लिइएको एसइई परीक्षाको नतिजामा ३.९० जिपीए सोही बिद्यालयले ल्याएको बताए । देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको थियो । भने
कडायतका अनुसार गुँरास एकेडेमीले बिगत बर्ष जस्तै यस बर्ष पनी सो जिपीए प्राप्त गरेको बताउँदै सुदुरपश्चिममा अब्बल शैक्षिक संस्थाको रुपमा उभ्याएको बताए। साथै यस बिद्यालयमा थप तिन जना बिद्यार्थीले ए ग्रेड ल्याएको बताए ।
उनले भने, ‘बाँकी सबै बिद्यार्थीहरुले राम्रै जिपिए ल्याएर उर्तिण भएका छन । साथै कक्षा ११ मा अध्ययन गर्न सफल भएका छन ।साथै यस बिद्यालयमा कक्षा ११ र १२ मा बिज्ञान र ब्यवस्थापनको पठनपाठन भइरहेकोले कक्षा १२ को बिज्ञान समुहमा पनी आगामी दिनमा सुदुरपश्चिम प्रदेशमै अब्बल सावित हुने बिद्यालयका कार्यकारी निर्देशक कडायतले बताए ।
गुँरास एकेडेमीले कोभिडका बेला पनि आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो। यसपटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।