अटोरिक्सा चालकहरुसंग पैशा अशुल नगरेको विद्युतीय रिक्सा चालक मजदुर संघको दाबी,


लेखक : सुन्दराञ्चल      साउन २२, २०८० मा प्रकाशित     
अटोरिक्सा चालकहरुसंग पैशा अशुल नगरेको विद्युतीय रिक्सा चालक मजदुर संघको दाबी,

धनगढी, २२ साउन, धनगढीमा रहेको अटोरिक्सा चालकहरुसंग पैशा अशुल नगरेको विद्युतीय रिक्सा चालक मजदुर संघले आइतवार धनगढीमा पत्रकार सम्मेलन कार्यक्रम मार्फत बताएको छ । धनगढीमा पत्रकार सम्मेलन गरी कुनै पनि रिक्साबाट आफुहरुले पैसा संकलन नगरेको संघका अध्यक्ष मिनप्रसाद जोशीले बताएका छन् ।
‘यातायात व्यवस्था कार्यालयबाट धनगढी उपमहानगरपालिका सिफारिस गर्ने वेला २०७५ सालमा स्थानीय सरकारले अनिवार्य बिमा आवश्यक छ भनिएको थियो’, अध्यक्ष जैशीले भने । ‘त्यति वेला बिमा गराएका थिए ।

त्यसमा संघले केहि सहजीकरण वाहेक केहि गरेको थिइन् । तर, केहि साथिहरु अहिले हामीले पैसा खायो भनेर आरोप लगाई रहनुभएको छ । यो सरासर झुट हो ।’ बिमा कार्यालयले एक बर्षका लागि गरिएको विमा अहिले संघलाई खायो भन्ने कुरामा सत्यता नभएको उनले प्रष्ट पारे । ‘सवारी बिमा भनेको एक बर्षका लागि गरिएको हुन्छ’, उनले भने ।

‘फेरि पनि दावी गर्नुलाई रिनु गराउनुपर्ने हुन्छ । तर, साथिहरु अहिले आएर बिमा रकम पाउनुपर्छ भनेर दावी गरिरहनु भएको छ । जुन कुरा नियमसम्मत नै छैन ।’
विभिन्न मजदुर संगठनले पनि पैसा अशुल गरिरहेको भन्दै आफ्नो पनि बद्नाम गर्न खोजिएको भन्दै आपति जनाएका छन् । नेपाल यातायात व्यवसायी संघका सुदूरपश्चिम प्रदेश सचिव गोविन्द शाहले केहि सञ्चार माध्याममा सम्पूर्ण मजदुरहरुको बद्नाम गर्ने नियतका साथ आईरहेको आरोप लगाए ।
रिक्साचालक मजदुरले सबै रिक्साचालकले संघले एकसाथ बिमा गर्छु भन्दै रकम अशुल गरेको आरोप लगाएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap