नेपालको चारधाम मध्येको एक अछामको वैद्यनाथ धाममा १ सय ४४ बर्षमा लाग्ने कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा यहि फागुन १० गतेदेखि २५ गते शिवरात्री सम्म कोटिहोम महायज्ञ सञ्चालनहुने भएको हो । शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गदै महायज्ञ मुल आयोजक समितिका संयोजक तथा पुर्व मन्त्री प्रतिनिधि सभा सदस्य सेरबहादुर कुँवरले महायज्ञ तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महायज्ञकालागि १ करोड ५० लाख खर्चको अनुमान गरेको छ ,जसमा ८० लाख दानदाताबाट खातामा जम्मा भईसकेको ३५आउन बाँकि रहेको कुँवरले बताउनु भयो । काठ्माण्डौबाट २२ लाख ,धनगढीबाट ७ लाख टिकापुरबाट २ लाख ८० हजार जम्मा भएको छ । यस्तै ५० क्यीन्टल जौ ८सय लिटर घि २५ क्यीन्टल तिल लगाएत को भै सकेको अन्य ठाँउबाट समेत सहयोग रकम आउने क्रममै रहेको कुँवरले बताउनुभयो । दर्शनार्थी लाई रुद्राक्षको माला बैद्यनाथको लोगो सहितको खादा लगाउने , आउने जाने सबै दर्शनार्थीहरुको शुरक्षाको ब्यवस्था सबै गरेको कुँवरले बताउनु भयो । वैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माविमा स्तरोन्नती,लोक संस्कृति,लोककला,लोकगाथाको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गर्न लागिएको मुल आयोजक समितिका संयोजक कुँवरले जानकारी दिनुभयो ।
वैद्यनाथ धाममा ६÷६ वर्षमा गरिने लक्षहोम सहितको अर्धकुम्भ मेला,१२÷१२ वर्षमा गरिने महालक्षहोम सहितको कुम्भमेला र १ सय ४४ वर्षमा गरिने कोटीहोम महायज्ञसहित महाकुम्भ मेलाको आयोजना गरिदै आएको छ । सोहि परम्परा अनुरुप महायज्ञ गरिन लागेको हो । महायज्ञमा १सय २५ ब्रामणबाट दैनीक पुजा हवन तर्पण र सवा करोड दिप प्रज्वलन गरिने समितिले जानकारी दिएको हो । स्कन्दपुराणको मानसखण्डमा बैद्यानाथ माहात्म्य र शिवपुराणमा बैद्यानाथको बारेमा बर्णन गरिएको छ ।
महायज्ञको उद्घाटन राष्टपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको कुँवरले जानकारी दिनुभयो । महायज्ञको लागि आर्थीक संयोजक प्रदेशसभा सदस्य माननिय मेघराज खण्काले आर्थीक व्यवथापन सबै ठाँउबाट भैइ रहेको बताउनु भयो । प्रधानमन्त्री लगाएत राष्ट प्रमुख मन्त्रीहरु लाखौ भक्तहरुले कोटिहोम महायज्ञको दर्शन गर्ने छन् । पत्रकार सम्मेलनमा कैलालीका संयोजक पुष्पराज कुँवर लगाएत समितिका पदाधीकारी , प्रदेश सभा सदस्य मानबहादुर रावल ,नृप सुनार ,अछाम सेवा समितिका अध्यक्ष लगाएतको उपस्थीति रहेको थियो ।