अछाम सेवा समिती धनगढीको २१औं वार्षिक साधारणसभा सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र २४, २०८० मा प्रकाशित     
अछाम सेवा समिती धनगढीको २१औं वार्षिक साधारणसभा सम्पन्न

अछाम सेवा समिती धनगढीको २१औं वार्षिक साधारणसभा एक कार्यक्रमका विच  सम्पन्न भएको छ । पुर्बमन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । अछाम सेवा समितिको कार्यालय शिवनगरमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य मानबहादुर रावल , मेघराज खण्का , अक्कल बहादुर रावल ,धनगढी उपमहानगरपालिकाका नगर प्रमख गोपाल हमाल लगाएत अछाम सेवा समितिका पदाधीकारी सदस्यहरुको उपस्थिति रहेको थियो । अछाम सेवा समितिले स्थापना काल देखि अछामि लोक संस्कृति झल्किने विभिन सामाजिक तथा सांस्कृतिक कार्यक्रम होली ,पुत्ला , देउडा प्रतियोगिता समेत आयोजना गदै आएको छ । अछाम जिल्लाबाट धनगढी बसााई सरेर आएकाहरुले आछामि एकता र विभिन्न समस्यामा परेका दाजुभाईलाई सहयोग गर्नका साथै आप्नो कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले अछाम सेवा समितीको स्थापना गरिएको थियो ।

हाल समितीले रगत अभाव भएकालाई रगत र अन्य अप्ठेरोमा परेका लाई सहयोग समेत गदै आएको छ । साधारण सभामा समितीको लेखापरिक्षण प्रतिवेदन र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । समितीका अध्यक्ष खडक बहादुर स्वाँरको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन सचिब डबल बहादुर बोहराले गरेको थिए । साथै कार्यक्रममा अछाम सेवा समितीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap