अछाम सेवा समितिको २० औ वार्षिक साधारण सभा अध्यक्ष खड्ग बहादुर स्वाँरको अध्यक्षतामा एक कार्यक्रमका विच सम्पन्न भएको छ । ,सुप प्रदेशका मुख्य मन्त्री कमल शाह को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मुख्य मन्त्री शाहले जन्मेको हिसावले अछाम प्रतिको माया कहिल्यै कमि नहुने र शिर निहुराउनुपर्ने काम नगर्ने बताए । उनले अछामको रिति रिवाज कला ,संस्कति जोगाउन सहयोग गर्ने बताए । उनले अछाम सेवा समितिलाई यहाँ सम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिए ।अछामिहरु जहाँ गयपनि राष्ट्रकोआगि ज्यान दिन तयार छन् र कहिँ डराउँदैनन् भन्ने सन्देश गएको उनले बताए । कार्यक्रममा समितिलाई यहाँसम्म ल्याउन सहयोग गर्ने व्यक्तित्व लगायत विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा , प्रदेश सभा सदस्य मेघराज खड्का लगाएत अछाम बाट कैलालीमा बसोबास गदै आएका अछाम सेवा समितिका पादाधिकारी सदस्य लगायत को उपस्थिती रहेको थियो । कार्यक्रमको समापन पछि सहभागिहरुले देउडा समेत खेलेका थिए । देउडाबाट , मुख्य मन्त्रीलाई माग राखेका थिए । आछाम जिल्ला बासिको आप्नो कला संस्कृती परम्परा र प्रेम जहाँगएपनि टुट्दैन र एक जुटछन् भन्ने सन्देस अछाम सेवा समितिले हरेक समयमा आयोजना गर्ने कार्यक्रम होली ,पुत्ला लगायतले देखाएको छ । यो सम्पुर्ण अछामि दाजुभाई दिदि बैनीको भेटघाट , अछामि कला संस्कति जगेर्ना गर्ने थलोको काम समेत अछाम सेवा समितिले गदै आएको छ । साधारण सभा कार्यक्रमको संञ्चालन समितिका सचिव डबल बोहराले गरेका थिए भने अन्य व्यक्तित्वहरुले समेत ंस्थापना दिवशको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।