भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको छ


लेखक : सुन्दराञ्चल      मंसिर ५, २०८० मा प्रकाशित     
भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको छ

काठमाडौं, मंसिर ५  नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको बताएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले भिपिएन र डिएनएस असुरक्षित र अवैध भएको जनाएको हो।

‘पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक, भिपिएन र डिएनएसजस्‍ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना प्राप्त हुन आएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा पहुँच पुर्‍याएर आर्थिक दुरूपयोग समेत हुनसक्ने ब्युरोले जनाएको छ।

महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको पहुँच पुर्‍याएर चोरी भई आर्थिक दुरूपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले बढिरहेको पाइएको छ,’ ब्युरोले भनेको छ।

यसको प्रयोगले कति जनाको आर्थिक दुरूपयोग वा डाटा चोरी भएको भन्नेबारे ब्‍युरोले विज्ञप्तिमा खुलाएको छैन।

गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने ब्युरोले बताएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap