कुभिण्डोको जुस पिउँदाका फाइदा के छन् ?


लेखक : सुन्दराञ्चल      कार्तिक ३०, २०८० मा प्रकाशित     
कुभिण्डोको जुस पिउँदाका फाइदा के छन् ?

कात्तिक ३०, कुभिण्डो गर्मीको मौसमी तरकारी हो । यसको तरकारी मात्र होइन, मिठाई पनि बनाएर खाने चलन छ । कुभिण्डोको तरकारी खाने चलन त लामो समयदेखि नै छ । तर पछिल्लो समय यसको जुस पनि सेवन गर्न थालिएको छ । कुभिण्डोको जुसको सेवन स्वास्थ्यका लागि धेरै फाइदाजनक छ ।

आयुर्वेदमा औषधिको रूपमा पनि यसलाई प्रयोग गरिन्छ । शरीरलाई शुद्धीकरण गर्नेदेखि यसका अनेक फाइदा छन् । कुभिण्डोको तरकारी र जुस दुवै स्वास्थ्यका लागि फाइदाजनक छ । यसको फाइदा लिन यसलाई कसरी र कुन समयमा खाने भन्नेबारे जान्न आवश्यक छ ।

कुभिण्डोको जुस खाँदाका फाइदा

गर्मीमा शरीरमा पानीको कमी हुने समस्या हुन्छ । यस्तो अवस्थामा कुभिण्डोको रस सेवन गर्नाले शरीरलाई हाइड्रेट राख्छ । यसमा प्रशस्त मात्रामा पानी हुन्छ । साथै, यसको प्रभावले शीतलता प्रदान गर्छ, त्यसैले यसले गर्मीमा शरीरलाई शीतल राख्न मद्दत गर्छ ।

विभिन्न महत्त्वपूर्ण पोषक तत्त्वले भरिपूर्ण कुभिण्डोमा सीमित मात्रामा क्यालोरी हुन्छ । यसको तरकारीमा ९६ प्रतिशत पानी हुन्छ । तसर्थ, यसले शरीरलाई डिटक्सिफाई गर्छ र तौल नियन्त्रण प्रोत्साहन गर्छ ।  यसबाहेक कुभिण्डो फाइबरको राम्रो स्रोत पनि हो, जसले पायल्स जस्ता समस्याबाट छुटकारा दिन फाइदा पुर्‍याउँछ ।

कुभिण्डोको रस पिउनाले पाचन प्रणालीलाई मजबुत राख्छ । यसमा पाइने फाइबरले पाचन क्रियामा सुधार गर्छ । यसको सेवनले आन्द्रामा राम्रो ब्याक्टेरिया बढाउँछ र पेटसँग सम्बन्धित रोगबाट राहत दिन्छ ।  यसको नियमित सेवनले ग्यास, कब्जियत, अपच र एसिडिटीबाट आराम मिल्छ ।

कुभिण्डोमा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

अहिलेको व्यस्त जीवनशैलीमा तनावका धेरैलाई निद्रा नलाग्ने समस्या छ । यसका लागि कुभिण्डोको जुस नियमित सेवन गर्दा फाइदा मिल्छ ।

कति मात्रामा कुन समयमा खानु उपयुक्त ?

कुभिण्डोको ताजा जुस पिउँदा १० देखि २० एमएल पिउनु उपयुक्त हुन्छ । २० एमएल जुसमा पानी मिसाएर एक गिलास बनाएर खाली पेटमा खानु उपयोगी हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

कुभिण्डोको जुस खाली पेटमा खानु कतिपयका लागि हानिकारक हुन सक्छ । त्यसैले आफ्नो नियमित आहारमा कुभिण्डो समावेश गर्नुअघि शरीरमा यसको प्रभाव कस्तो परेको छ भन्ने कुरा सुनिश्चित गर्नुपर्छ ।

कुभिण्डोको जुस पिउनाले शरीरलाई धेरै फाइदा हुन्छ । तर केही गम्भीर स्वास्थ्य समस्या छ भने चिकित्सकको सल्लाहमा मात्र खानु ठीक हुन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap