२५ कात्तिक, नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्प पीडितहरु बसेका अस्थायी टेन्ट र टहराहरुमा निःशुल्क बत्ती जडान गरेको छ ।
प्राधिकरणले भूकम्प पीडितहरु बसेका टेण्टमा एउटा बल्ब र अन्य खुल्ला तथा सार्वजनिक ठाउँमा बढी उज्यालो दिने ठूला बल्प (भ्यापर लाइट) जडान गरेको छ ।
‘भूकम्प पीडितहरुका टेन्टभित्र व्यवस्था गरिएको बिजुलीको मिटर पनि जडान गरेका छैनौं, शुल्क पनि लिएका छैनौं,’ नेपाल विद्युत प्राधिकरण कणर्ाली प्रदेश प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख यादवले भने ।
भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षतिपुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी तत्कालै त्यस क्षेत्रमा विद्युत् सुचारु गरेको थियो ।
