चकलेटजस्तै किनबेच हुन्छ एन्टिबायोटिक सुदूरपश्चिममा


लेखक : सुन्दराञ्चल      कार्तिक १५, २०८० मा प्रकाशित     
चकलेटजस्तै किनबेच हुन्छ एन्टिबायोटिक सुदूरपश्चिममा

 कार्तिक १५,  सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा एन्टिबायोटिकको जथाभावी प्रयोग बढेको बताइएको छ। प्रदेशमा ९ ओटा जिल्ला रहेकोमा सबै जिल्लामा एन्टिबायोटिकको जथाभावी प्रयोगमा वृद्धि भैरहेको बताइएको हो। चिकित्सकहरुले चिकित्सकीय परामर्शबिना जथाभावी एन्टिबायोटिकको प्रयोग बढ्नुलाई चिन्ताजनक मानेका छन्। जसले गर्दा जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन्।

प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका डा. शेरबहादुर कमरले पहिल्यैदेखि सुदूरपश्चिममा एन्टिबायोटिकको जथाभावी प्रयोग बढ्दो रहेकोमा अहिले यो विषय स्पष्ट रुपमा उजागर भएको बताए।

उनका अनुसार एन्टिबायोटिकको जथाभावी प्रयोग बढ्दा पछिल्लो समय मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको र किटाणुहरु बलियो हुँदै गएकाले सो विषय अहिले उजागर भएको हो। एन्टिबायोटिकको जथाभावी प्रयोगले बालबालिकामा निमोनिया भएर मृत्यु नै हुने, दीर्घ रोगीहरुमा इन्फेक्सन भएर निको नै नहुने, बूढाबूढीमा कडाखाले इन्फेक्सन भएमा एन्टिबायोटिकले काम नै नगर्ने र एन्टिबायोटिककै कारण मृत्यु पनि हुने गरेको उनले बताए। एन्टिबायोटिकको जथाभावी प्रयोगकै कारण अहिले विश्वमै मृत्युदर बढिरहेको उनले बताए।

‘हाम्रो सुदूरपश्चिममा चाहिँ कस्तो छ भने सामान्य ज्वरो आयो भने पनि टाइफाइड भनेर २ वटा एन्टिबायोटिक लिने÷दिने चलन बढ्दो छ। अर्को कुरा एन्टिबायोटिक लिने खास–खास व्यक्तिलाई अधिकार हुन्छ,’ उनले थपे, ‘तर हाम्रोतिर अधिकार नभएकाले पनि कडाखाले एन्टिबायोटिक प्रयोग गर्ने, फार्मेसीले पनि चकलेट किनेको जस्तै गरेर दिनेजस्ता धेरै कुराहरू छन्। जसले गर्दा रोगसँग लड्ने क्षमता ह्रास हुँदै गएर मृत्युदर बढिरहेको हो।’

एन्टिबायोटिकको अनावश्यक प्रयोग नियन्त्रण गर्नुपर्ने उनको भनाई छ। सेती अस्पतालकै वरिष्ठ फिजिसियन डा निराजनदत्त शर्मा पौड्यालले पनि एन्टिबायोटिक रेसिस्टेन्सको विषय विश्वमै बहसको विषय बनेको बताए। एन्टिबायोटिकको उपलब्धता सर्वसुलभ भए पनि त्यसको जथाभावी प्रयोगमा नियन्त्रण हुनुपर्ने बताए। सुदूरपश्चिमका पहाडी जिल्लामा नियमन हुन नसक्दा पनि एन्टिबायोटिकको जथाभावी प्रयोग चुनौतीको विषय बनेको र एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सरकार, औषधि व्यवस्था विभागलगायत नियामक निकाय सक्रिय हुनुपर्ने उनको जिकिर छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap