महादेव गिरी संवाददाता
धनगढी असोज ३०, सुदूरपश्चिम प्रदेश का सबै जिल्ला बाट रोजगारीको सिलसिलामा भारतका कुना कुना सम्म गएका नेपालीहरु दसैँतिहार मनाउन अहिले कर्म भुमी बाट जन्म भुमीमा फर्कनेको लर्को लागेको छ । लामो समयदेखि भारतका कुना कुनामा बस्दै आएका नेपाली दाजु भाई अहिले स्वदेश फर्कने भन्सारमा धुईचो लागेको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाहरुमा अहिले दशै तिहारमा मनाउन आएकाको भिडभाड लाग्ने गरेको छ । नेपालमा काम गरेर घर खर्च चलाउन नपुग्ने भएकाले नेपालीहरु कामको शिलशिलमा भारतको कुना कुना सम्म पुग्ने गरेका छन् ।
भारतको व्याग्लोर बाट काम गरेर नेपाल फर्ककेका बाजुरका गैमुल गाउँपालिका का हरि बिकले करिब अढाई बर्ष काम गरेर नेपाल फर्किएका छन् । उनी भन्छन् अब दशै तिहार मनाएर चाडै फर्कीने किन की घरपरिवार संघ बस्ने रहर सबैलाई हुन्छ मलाइ पनि छ घर बसेमा घर खर्च चलाउन केही सा्रेत नभएकाले दशै मनाएर लगत्तै फर्कीने बताए । त्यस्तै अछाम घर भएका यज्ञ बहादुर साउदले पनि हामी गरीबलाई दशै तिहार आनु भनिएको दशा आए जस्तो हुन्छ बताए ।
उनले भने हामी मात्र नभएर हामी सबै नेपाली हरुले आप्mनो देशमा रोजगार नभएरै हो उन बताए । सबैलाई आप्नो देशमा काम गर्न मन लाग्छ नि घर खर्च चलाउन गाह्रो हुन्छ साउद बताए । चाडपर्व नजिकिएपछि दैनिक १२०० सय भन्दा बढी नेपालीसुदूरका विभिन्न नाका हुँदै स्वदेश फर्किरहेको प्रदेश सरकारले जनाएको छ । सोमबार मात्र गौरीफन्टा नाका भएर करिब एक हजार नेपालीहरु स्वदेश फर्कीएका छन् गड्डाचौकी नाका भएर २०० र बैतडीको झुलाघाट नाका भएर ६० जना नेपाली कामदार स्वदेश फर्किएका छन् । चाडपर्वका बेला नेपाल फर्किनेहरू भारतसहित सीमा क्षेत्रमा लुटिने पनि गरेको नेपालीहरुले बताएका छन् ।
