धनगढीमा प्याराडाइज नेपालको आयोजनामा अन्तर्राष्ट्रिय बालिका दिवस कार्यक्रम सम्पन्न ,


लेखक : सुन्दराञ्चल      अशोज २४, २०८० मा प्रकाशित     
धनगढीमा प्याराडाइज नेपालको आयोजनामा अन्तर्राष्ट्रिय बालिका दिवस  कार्यक्रम सम्पन्न ,

महादेव गिरी सवाददाता,

धनगढी असोज २४, बुधवार प्याराडाइज नेपालको आयोजनामा बालिकाको आवाज बुलन्द गराऔँ भन्ने नाराका साथ धनगढीमा अन्तर्राष्ट्रिय बालिका दिवस सम्पन्न भएको छ । प्याराडाइज नेपालको आयोजनामा धनगढी उपमहानगरपालिका ७ मनेहरामा रहेको सरस्वती माध्यमिक विद्यालयमा बालिका दिवस कार्यक्रम सम्पन्न भएको हो।सोही कार्यक्रममा
प्याराडाइज नेपालका अध्यक्ष मिनबहादुर शाहीले प्याराडाईज नेपाल संस्थाले सामाजिक, लैङ्गकि, छाउपडी कुप्रर्था,चेलिवेटी बेच्चबिकन,लगायतका समस्या समाधान गर्न, ए.एच एफ नेपालको आर्थिक सहयोगमा  बालिकाहरूको आवाज बुलन्द गदै आएको र कुनै पनि समस्यामा परेका बालिकाहरूलाई सहयोग गर्ने र बालबालिकाको हक हितका लागि शिक्षा , स्वास्थ्य,लगाएतका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष शाहीले सुन्दराञ्चललाई बताए।
बालबालिका, अभिभावक र शिक्षकलाई तालिम दिनुको साथै बालबालिकाहरूमा रहेको प्रतिभाको प्रस्फुटन गराउन संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको शाहीले बताए।No description available.

बुधबार एक कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयसहित धनगढीको, डिलाइट स्कुल, जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालय, जाखैर तालको शिव माध्यमिक विद्यालय र बेलीको राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लागुऔषध दुर्व्यसन, महिनाबारी, छिटो विवाह गर्दाका समस्याका बारेमा विद्यार्थीहरूले गीत, नृत्य व्यक्तित्व कला र नाटक प्रस्तुत गरेका थिए।

करिब दुई सय छात्राहरूलाई स्वास्थ्य सरसफाई सामाग्री समेत वितरण गरिएको हो । महिनाबारी तथा बालविवाहले स्वास्थ्यमा पार्ने असर बारे स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले आवश्यक जानकारी दिएका थिए भने जिल्ला प्रहरी कार्यालय कैलालीका बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख प्रहरी निरीक्षक सरस्वती अधिकारीले लागुऔषध दुर्व्यसनको असर र बच्ने उपाय र कानुनी प्रावधान बारे विद्यार्थीलाई जानकारी दिएका थिए।

No description available.

सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल चौधरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ७ का वडा अध्यक्ष मोति राना रहेका थिए।

कार्यक्रममा शिक्षक, महिला स्वास्थ्य स्वयं सेविका र धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा कर्मचारी सहभागिता रहेको थियो। विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूले गीत, नृत्य, नाटक र व्यक्तित्व कला माध्यमबाट बालिकाहरूलाई व्यक्तित्व विकास, शिक्षा र सामाजिक विकासका लागि सबै पक्षले सहयोगी र भेदभावरहित भूमिका खेल्नुपर्ने विचार व्यक्त गरेका थिए । कार्यक्रममा कार्यक्रममा प्याराडाइज नेपालकी सचिव सरीता साउँद, अभिभावक,शिक्षक,शिक्षीका,बिद्यार्थी ५ ओटा बिद्यालयका बिद्यार्थी उपस्थिति रहेको  थियो। कार्यक्रमको सञ्चालन शिक्षिका भजन कुमारी शाहाले गर्नु भएको थियो

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap