प्रदेश अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता ,एमाले सुदूरपश्चिम बाट


लेखक : सुन्दराञ्चल      अशोज २३, २०८० मा प्रकाशित     
प्रदेश अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता ,एमाले सुदूरपश्चिम बाट

धनगढी असोज २३, नेकपा एमाले सुदूरपश्चिम प्रथम अधिवेशन बाट प्रदेश अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेका छन् ।भने निर्वाचन कमिटीका अनुसार प्रदेश अध्यक्षमा कृष्णप्रसाद जैशी, भरत साउद, कमलप्रसाद तिमिल्सैना र बचनबहादुर सिंहको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका सिंह युवा सङ्घका पूर्वअध्यक्ष, तिमिल्सैना प्रदेश कमिटी निवर्तमान उपाध्यक्ष, साउद पूर्व जिल्ला अध्यक्ष अछाम, जैशी जिविस अछामका पूर्वसभापति हुन् ।

यस्तै उपाध्यक्षमा ५ जना र सचिवमा ३ जनाको उम्मेदवारी परेको छ । उपसचिव ९खुला० मा ६ जना र उपसचिव महिलातर्फ ३ जनाको उम्मेदवारी दर्ता भएको छ । आज दिनभर उम्मेदवारी दर्ता, दाबी विरोध, फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगायतका निर्वाचन सम्बन्धी सबै काम पूरा भईसक्नेछ ।

आज बेलुकी ५ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका रहेको छ । असोज २१ गते देखि धनगढीमा सुरु भएको एमाले प्रदेश अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट ६ सय ७५ जना प्रतिनिधि सहभागी प्रथम अधिवेशनले १ सय ५५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap