धनगढी विमानस्थलबाट सुदूरका तीन पहाडी जिल्लामा नियमित उडान सुरु


लेखक : सुन्दराञ्चल      अशोज १८, २०८० मा प्रकाशित     
धनगढी विमानस्थलबाट सुदूरका तीन पहाडी जिल्लामा नियमित उडान सुरु

धनगढी- असोज १८,धनगढी विमानस्थलबाट सुदूरका तीन पहाडी जिल्लामा नियमित उडान सुरु गरिएको छ। धनगढीदेखि सुदूरपश्चिमका तीन पहाडी जिल्लामा पाँच महिनादेखि रोकिएको नियमित उडान सेवा बिहीबारदेखि पुनः सुचारु गरिएको हो।

समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिहीबारदेखि नियमित उडान सुरु गरिएको जानकारी दिए। गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले आज बिहीबारदेखि नियमित उडान सुरु गरेको छ। पहाडी तीन जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुने उनले बताए।

प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गरिने छ। समिट एयरले धनगढी–बझाङको भाडा दर ७ हजार रुपैयाँ कायम गरेको छ।

बाजुराको भाडा दर ७ हजार ५ सय र अछामको भाडा दर ५ हजार कायम गरिएको छ। समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट,अछाम १७ मिनेट र बाजुरा २८ मिनेटको उडान अवधि रहने जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap