पछिल्लो ६ महिनाको अवधिमा मात्रै १५ वटा भुकम्पको धक्का सुदूरपशिचममा


लेखक : सुन्दराञ्चल      अशोज १७, २०८० मा प्रकाशित     
पछिल्लो ६ महिनाको अवधिमा मात्रै १५ वटा भुकम्पको धक्का  सुदूरपशिचममा

 आश्विन १७,  बझाङको चैनपुर केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भुकम्प संगै सुदूरपशिचममा पछिल्लो ६ महिनाको अवधिमा मात्रै १५ वटा भुकम्पको धक्का गएको छ ।

वैशाखयता मात्रै सुदूरपश्चिममा साना ठुला गरी चार म्याग्निच्युड माथिका १५ वटा भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सो अवधिमा सुदूरपशिचम बाहेकका क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ वटा थप भुकम्पको धक्का महशुश हुँदा देशभर ६ महिनामा २२ वटा भुकम्प गएका केन्द्रले जनाएको छ ।

मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ५ शदमलव ३, ६ दशमलव ३ र ४ दशमलव १ म्याग्नेच्युड गरी तीन वटा भूकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । ३ बजेर ६ मिनेट जाँदा बझाङको चैतपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा पनि बझाङकै तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा थप दुई वटा ४.१ म्याग्निच्युडको पराकम्प गएको केन्द्रको भनाइ छ । यसैगरी ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडको अर्को भूकम्पको धक्का पनि मापन भएको छ ।

भूकम्पबाट निजी र सार्वजनिक भौतिक संरचनामा क्षति भएपनि हालसम्म मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेयले जानकारी दिएका छन् । यसअघि वैशाख १० गते बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । बाजुरामै केन्द्रबिन्दु बनाएर वैशाख १४ मा ४.९, वैशाख १५ मा ५.९, ४.१ मा, २१ मा ४.१ र वैशाख २८ मा ४.३, जेठ ८ गते ४.१ र जेठ २९ गते बाजुरामै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यसैगरी सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाएर जेठ १० गते ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । असार ५ गते दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.० रेक्टर स्केललको भूकम्प गएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

सुदूरपश्चिमबाहेक वैशाख १८ मा हुम्लालाई केन्द्रबिन्दु बनाएर ४.०, जेठ ७ गते रुकुम पूर्वमा ४.१, असार ८ गते लमजुङमा ४.०, असार २८ मा हुम्लामा ४.६ , साउन ३ गते कास्कीलाई केन्द्रबिन्दु बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो । यसैगरी भदौ १५ गते पूर्वी नेपालको भोजपुरलाई केन्द्रबिन्दु बनाएर ४.० र पाँचथरलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।

यसरी हेर्दा पछिल्लो ६ महिनामा नेपालमा २२ वटा भूकम्पको धक्का गएको देखिन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap