विमानस्थलको आग्रह विदेशबाट आउदा अन्य व्याक्तीका सामान नल्याउन आग्रह


लेखक : सुन्दराञ्चल      अशोज १५, २०८० मा प्रकाशित     
विमानस्थलको आग्रह विदेशबाट आउदा अन्य व्याक्तीका सामान नल्याउन आग्रह

असोज १५ ,त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नजिकिदै गरेको चाडपर्वमा विदेशबाट फकिर्ने नेपालीहरुले आफ्नो व्यक्तिगत प्रयोगका सामान बाहेक अन्य सामान नल्याउन सुचित गराएको छ ।

विभिन्न मुलुकबाट स्वदेश फर्किने क्रममा नेपाली नागरिकहरुलाई विदेशका विमानस्थलमा केहि व्यक्ति तथा समुहले विभिन्न प्रलोभन देखाई मालसामान ( जस्तै; ल्यापटप, मोबाइल, सुन, घडी आदि )नेपालको विमानस्थलसम्म पु¥याइदिनु भन्‍ने गरेको सूचना प्राप्त भए सगैं त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उक्त प्रलोभनमा परि परिचित तथा अपरिचित व्याक्तीको मालसामान नल्याउन आग्रह गरेको हो।

स्वदेश फर्किने क्रममा आफ्नो व्यक्तिगत प्रयोगका सामान ( कानुन बमोजिम छुट पाउने) बाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउन कार्यालयले अनुरोध गरेको हो ।

साथै विदेशबाट फर्किदा यात्रुले ल्याउन पाउने सामान तथा सुविधाका बारेमा नेपाल सरकार अर्थमन्त्रालयले जारी गरेको सूचना भन्सार विभागको वेवसाइट तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको फेसबुक एकाउण्टमा गई पढ्न र जानकारी लिन सक्ने कुरा सबैमा सूचित गराएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap