इन्धनको मूल्यवृद्धि फिर्तासँगै यातायातको भाडा बढ्नबाट रोकियो


लेखक : सुन्दराञ्चल      अशोज १४, २०८० मा प्रकाशित     
इन्धनको मूल्यवृद्धि फिर्तासँगै यातायातको भाडा बढ्नबाट रोकियो

आश्विन १४, सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएपछि यातायातको भाडादर बढ्नबाट रोकिएको छ। यातायात व्यवस्था विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वचालित मूल्य अनुसार भाडादर वृद्धि गर्ने तयारी गरिरहँदा निगमले फिर्ता लिने निर्णय गरेसँग अहिलेकै दर कायम भएको हो।

आयाल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधी २०८० तथा परिवर्तित मूल्यमा अभिवृद्धि करसहित समायोजन गरिएको मूल्य आइतबार रातिबाट लागू हुनेगरी फिर्ता गरिएको जनाएको छ। ‘पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको ध्यान राखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशिन बमोजिम मूल्य फिर्ता गरिएको छ,’ आयल निगमले भनेको छ, ‘हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी फिर्ता भएको छ।’

साउन ३१ गते यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीमा करिब ५ प्रतिशत र मालवाहक सवारीमा ७ प्रतिशतसम्म भाडादर वृद्धि गरेको थियो। सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत तलमाथि भएमा घटबढ हुन्छ। साउन ३१ गते भाडा बढाउँदा १६५.८३ हुँदा भाडादर वृद्धि भएको थियो। शनिबार डिजेल प्रतिलिटर ६ रुपैयाँले वृद्धि हुँदा भाडादर वृद्धिको तयारी भएको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले स्वचालित मूल्य भएकाले इन्धनको मूल्य अनुसार भाडा समायोजन हुने बताए। चाडपर्वको समयमा व्यवसायीले भाडामा छुट दिन नसक्ने भएकाले सरकारले नै पहल गर्नुपर्ने बताए।

सरकारले दसैंमा सहुलियत पसल सञ्चालन गरेजस्तै यातायातलाई सस्तो बनाउन छुट्टै प्याकेज ल्याउनुपर्ने बताए। यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले स्वचालित मूल्य अनुसार बढेको भाडादर तय हुने बताए। मूल्य समायोजन भएसँगै भाडादर वृद्धि नहुने विभागले जनाएको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने लामो दुरीका सवारी साधनको भाडादर निर्धारण गर्छ। प्रदेशभित्रको भाडादर भने प्रदेशकै यातायात मन्त्रालयले समायोजन गर्दै आएको छ। वायुसेवा सञ्चालक संघले नयाँ भाडादर तयार गर्दै थियो। संघले तयार पारेको भाडादर नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेपछि लागू हुन्छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap