कहिले सम्म छ त यस पालिको मनसुन


लेखक : सुन्दराञ्चल      अशोज ९, २०८० मा प्रकाशित     
कहिले सम्म छ त यस पालिको मनसुन

आश्विन ९, वर्षायाम अर्थात् मनसुनको अवधि सकिन लागेको छ। मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो। जुन मिति आउन अब ६ दिन मात्रै बाँकी छ। तर ठ्याक्कै सरदर मितिमै मनसुन बाहिरिने सम्भावना कम हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए।

‘यसपटक मनसुन सरदर मितिभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना देखिन्छ’, उनले भने, ‘किनभने भारतबाट मनसुन बाहिरिनुपर्ने सरदर मिति १७ तारिख नै थियो तर भर्खर हिजो (२५ सेप्टेम्बर) मात्र बाहिरिन सुरु भएको छ।’ उनका अनुसार भारतको दक्षिण पश्चिम राजस्थान र आसपासका क्षेत्रबाट मनसुन बाहिरिन सुरु गरेको हो। ‘उता (भारतमै) नै मनसुन बाहिरिन ढिला भएकाले यता (नेपाल) पनि ढिला हुने सम्भावना देखिन्छ’, मौसमविद् झाले भने, ‘तैपनि अहिले यसै भन्न गाह्रो हुन्छ, किनभने अझै ६ दिन बाँकी छ।’

यस वर्ष नेपालमा मनसुन भित्रिँदा पनि सरदर मितिभन्दा एक दिन ढिलो जुन १४ तारिख अर्थात् जेठ ३१ गते भित्रिएको थियो। मौसमविद्का अनुसार नेपालको पूर्वबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिनेछ। मनसुन बाहिरिने सरदर मिति निजिकिएसँगै वर्षा हुने क्रम घट्दै गएको मौसमविद्ले बताएका छन्।

‘हामी सामान्यतया ३ दिनको मौसम अनुमान गर्छौंं’, मौसमविद् झाले भने, ‘त्यस आधारमा बिहीबारसम्मलाई त्यस्तो ठूलो ९भारी० वर्षाको सम्भावना देखिएको छैन।’

मनसुन बाहिरिने सरदर मिति आउन ६ दिन मात्र बाँकी भएकाले यसबीच ठूलो वर्षाको सम्भावना नहुने भए पनि अन्य तत्त्वका कारण पनि भारी वर्षा हुनसक्छ। ‘मनसुन बाहिरिने बेला सामान्यतया ठूलो वर्षाको सम्भवना हुँदैन’, उनले भने, ‘तर अरू तत्त्व, न्यून चापीय प्रणाली विकास भएमा ठूलो वर्षा हुने सम्भावना भने रहन्छ।’

मौसमविद् झाका अनुसार मनसुन सकिएपछि ‘पोस्ट मनसुन’को सिजन आउँछ। ‘अक्टोबर र नोभेम्बर महिनालाई पोस्ट मनसुनको समय मानिन्छ’, उनले भने, ‘डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुन्छ।’ उनका अनुसार पोस्ट मनसुन सुरु भएपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ। ‘धेरै हुँदैन, कतै कतै हुन्छ’, मौसमविद् झाले भने, ‘पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap