काठमाडौं असोज २ । चलचित्र विकास बोर्डले आधिकारिक कमाइ त सार्वजनिक गरिसकेको छैन, तर दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’ घरेलु बक्स अफिसमा ‘हिट’ हुने बाटोतर्फ उन्मुख छ । मंगलबार पनि फिल्मको देशव्यापी अकुपेन्सी ३० देखि ४० प्रतिशत हाराहारीमा छ जुन ‘विकडेज’का लागि आक्रामक नै हो ।
सप्ताहन्तमा समेत कतिपय फिल्मलाई १० प्रतिशत अकुपेन्सीको आँकडा पार गर्न हम्मेहम्मे परिरहेको बेला ‘नांगो गाउँ’ले ३५ प्रतिशत हाराहारीको अकुपेन्सी कायम राखेको छ, त्यो पनि विकडेजमा । हल सञ्चालकका अनुसार यो फिल्मले दर्शकलाई हलसम्म फर्काउन केही हदसम्म सफल भएको छ ।
अधिकांश दर्शकलाई प्रारम्भिक चरणमा हलसम्म तान्नमा यी दुई कलाकारको भूमिका प्रमुख देखिएको अनुमान गरिएको छ । दोस्रोमा– तीज, शनिबार र संविधान दिवससहितका एकपछि अर्को सार्वजनिक बिदा । लगातारको सार्वजनिक बिदाको अर्को फाइदा पनि फिल्ममा देखिएको छ । तेस्रो– नांगो गाउँको समीक्षा त्यति नकारात्मक देखिएन ।
स्टारकास्ट र व्यापक प्रचार हुँदाहुँदै पनि ‘एक भगवत् र एक गीता’ले घरेलु बक्स अफिसमा कमजोर व्यापार गरेको छ । प्रमुख मल्टिप्लेक्सले यो फिल्मको शोमा कटौती गर्दै ‘नांगो गाउँ’को शो बढाएका छन् ।