आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र युनिसेफका प्रतिनिधिबीच भेटवार्ता


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०८० मा प्रकाशित     
आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र युनिसेफका प्रतिनिधिबीच भेटवार्ता

धनगढी भदौ ३० ,शनिबार नेपालका लागि युनिसेफ प्रतिनिधी एलिस् अकुङ्गासङ्ग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पुर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीबीच भेटवार्ता भएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र युनिसेफका प्रतिनिधीबीच धनगढीमा भेटवार्ता भएको छ

भेटका क्रमामा उच्च जोखिमको समयमा बालबालिकाको संरक्षण, द्वन्द्व र कोभिड–१९ पछिको स्वास्थ्य सेवा, शिक्षा, पोषण, खानेपानी तथा सरसफाई एवम् संरक्षण, तथा बालबालिकाको स्थितिमा सुधारका लागि बालमैत्री शासन व्यवस्थाको प्रवद्र्धनका विषयमा छलफल भएको छ।

साथै दीगो जलवायू परिवर्तन प्रतिकार्यमा प्रदेश सरकारसँग मिलेर काम गर्ने विषयमा पनि छलफल भएको हो।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap