सरकारले अब आधारभूत तहको शिक्षक बन्न शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर


लेखक : सुन्दराञ्चल      भदौ २७, २०८० मा प्रकाशित     
सरकारले अब आधारभूत तहको शिक्षक बन्न  शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर

भाद्र २७,सरकारले आधारभूत तहको शिक्षक बन्न कम्तीमा स्नातक र माध्यमिक तहको शिक्षक हुन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने प्रस्ताव गरेको छ । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा विधेयकमा शिक्षकलाई आधारभूत र माध्यमिक तहमा श्रेणी विभाजन गरिएको छ ।हालसम्म प्राथमिक, निम्नमाध्यमिक र उच्च माध्यमिक तहको शिक्षक रहने व्यवस्था थियो । प्राविलाई कक्षा १०, निमाविलाई कक्षा १२ र मावि शिक्षकलाई स्नातक उत्तीर्ण गरेको हुनुपर्ने थियो । अब कक्षा ५ सम्म अध्यापन गराउने साधारण र कक्षा ६ देखि १२ सम्म अध्यापन गराउने शिक्षक विषयगत हुने व्यवस्था गरिएको छ ।

आधारभूत तहको साधारण शिक्षक हुनका लागि शैक्षिक योग्यता स्नातक तह प्रस्ताव गरिएको छ । तर साधारण शिक्षकका हकमा जुनसुकै विषयमा स्नातक पूरा गरेको भए पनि हुन्छ । विषयगत शिक्षकतर्फ भने आधारभूत र माध्यमिक तहका लागि सम्बन्धित विषयमा क्रमशः स्नातक र स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

संविधानले कक्षा १२ सम्म विद्यालय शिक्षा कायम गरे पनि कानुन अभावमा शिक्षक सेवा आयोगले पुरानै ऐनअनुसार प्रावि, निमावि र मावि तहका शिक्षक नियुक्त गर्दै आएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap